सीके राउतका १३ कार्यकर्ता पक्राउ

प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।यसैबीच आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । नाला तथा ढल निर्माणमा अनियमितता भएको राउतका कार्यकर्ताले बिहीबार निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गरा

सम्बन्धित सामग्री

सीके राउत माइतीघरबाट पक्राउ

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउत माइतीघर क्षेत्रबाट पक्राउ परेका छन्।  निषेधित क्षेत्र घोषित स्थानमा प्रदर्शन गर्न खोजपछि उनलाई सोमबार बिहान प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो। उनीसहित ५१ जनालाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी परिसरका प्रमुख एआईजी दिपक थापाले जानकारी दिए। निषेधित क्षेत्र तोडेर सडकमै सुत्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिएका हौँ’, एआईजी थापाले भने। राउतसहितका नेता कार्यकर्ता धोती दिवस मनाउन माइतीघरमा पुगेका हुन्। जनवरी १ का दिन पहाडी समुदायले टोपी दिवस श...

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति

काठमाण्डाै – जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति भएको छ । काठमाण्डौमा आज आइतवार एक कार्यक्रम गरेर जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । सहमतिपत्रअनुसार अब विभिन्न आन्दोलनमा पक्राउ परेका नेता/कार्यकर्ता रिहाइका लागि दुवै दलले मिलेर पहल गर्नेछन् । यस्तै नागरिकसँग सरोकार राख्ने मुद्दाहरूमा सरकारलाई दबाब दिन तथा आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, ,अल्पसङ्ख्यक तथा महि...

सिरहामा गाडी तोडफोडको आरोपमा जनमत पार्टीका १३ कार्यकर्ता पक्राउ

जनकपुरधाम । सिरहामा सवारी साधन तोडफोड गरेको आरोपमा जनमत पार्टीका १३ जना नेता कार्यकर्ता परेका छन् । आज बिहानदेखि डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी सवारी साधन तोफोड तथा ढुंगामुढा गरिरहेका छन् । सोही क्रममा १३ जनालाई पक्राउ गरिएको सिराहाका प्रहरी नायव उपरीक्षक अर्जुन तिमिल्सिनाले...

सिरहामा तेल ट्याङ्करमा तोडफोड, जनमतका १३ कार्यकर्ता पक्राउ

जनकपुरधाम – प्रहरीले सिरहामा जनमत पार्टीका १३ जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ। डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा तेल ट्याङ्करमा तोडफोड गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। किसान आन्दोलनको नाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले लोकमार्ग अवरुद्ध गर्ने क्रममा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना४ख १७९८ नम्बरको तेल ट्याङ्करमा तोडफोड गरेका थिए। सिरहाको नरहा गाउँपालिका– ३ नयाँ […]

जनमत पार्टीका १२ जना कार्यकर्ता पक्राउ

सीके राउत नेतृत्वको जनमत पार्टीका १२ जना नेता तथा कार्यकर्तालाई रुपन्देही प्रहरीले आइतबार पक्राउ गरेको छ । उनीहरुले भैरहवा लुम्बिनी सडक खण्ड र भैरहवा परासी सडक खण्ड अवरुद्ध पारेपछि प्रहरीले पक्राउ गरेको हो ।

सीके राउतका ९ जना कार्यकर्ता पक्राउ

जनकपुरधाम– किसान आन्दोलनका नाममा तराइका जिल्लामा सीके राउत नेतृत्वको जनमत पार्टीले विरोधप्रदर्शन गरेको छ । जनमत पार्टीका कार्यकर्ताले विभिन्न स्थानमा गाडीमाथि आगजनी गरेका छन् भने पूर्व पश्चिम राजमार्ग बन्द गर्न टायर बालेर प्रदर्शन गरेका छन् । प्रहरीले शुक्रबार जनमत पार्टी उपाध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटका चपुरमा प्रहरीले जनमत पार्टीका उपाध्यक्ष […]

सीके राउत नेतृत्वको जनमत पार्टीका ९ कार्यकर्ता पक्राउ

पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरबाट प्रहरीले सीके राउन नेतृत्वको जनमत पार्टीका ९ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।शुक्रबार बिहान ११ बजेदेखि चन्द्रनिगाहपुरको मुख्य चोकमा आन्दोलन गरिरहेकामध्ये ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजमार्गमा सवारी आवागमन अवरुद्ध हुनेगरी प्रदर्शन भएपछि बाध्य भएर उनीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख एवं डिएसपी लिलाराज लामिछानेले बताए ।राज्यले किसानको जायज मागलाई बेवास्ता गरेको भन्दै सिरहामा सुरु भएको किसान आन्द

कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीले निकाल्यो सिटी जुलुस

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना कार्यकर्ता छुटाउन माग गर्दै सिटी जुलुस निकालेको छ । सोमबार प्रदेश २ का जिल्ला सदरमुकामहरूमा कर्मचारी दुर्व्यवहार आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै सिटी जुलुस निकालेको हो । गएको बुधबार खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवहालाई जनमत पार्टीका कार्यकर्ताहरूले...

सीके राउतका ६२ कार्यकर्ता पक्राउ

प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका ६२ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।पक्राउ परेकाहरुमाथि मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए  । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न पारेर बजार घुमाउने सहितका दुव्र्यवहार अमानवीय र अ

के गर्दै छन् सीके राउत ?

अमेरिकाबाट फर्केका इन्जिनियर सीके राउतले पृथकतावादी नारा दिँदै तराई–मधेसमा अभियान चलाउँदा सबैलाई झस्काएको थियो । गैरसंवैधानिक गतिविधिका कारण उनी र उनका कार्यकर्ता पटकपटक पक्राउ पर्दै छुट्ने गरेका थिए । राउत आफैं झन्डै ५ महिना हिरासत बसेपछि सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा आए ।