अमेरिकाबाट फर्केका इन्जिनियर सीके राउतले पृथकतावादी नारा दिँदै तराई–मधेसमा अभियान चलाउँदा सबैलाई झस्काएको थियो । गैरसंवैधानिक गतिविधिका कारण उनी र उनका कार्यकर्ता पटकपटक पक्राउ पर्दै छुट्ने गरेका थिए । राउत आफैं झन्डै ५ महिना हिरासत बसेपछि सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा आए ।