काठमाण्डाै – जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति भएको छ । काठमाण्डौमा आज आइतवार एक कार्यक्रम गरेर जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सहमतिपत्रअनुसार अब विभिन्न आन्दोलनमा पक्राउ परेका नेता/कार्यकर्ता रिहाइका लागि दुवै दलले मिलेर पहल गर्नेछन् । यस्तै नागरिकसँग सरोकार राख्ने मुद्दाहरूमा सरकारलाई दबाब दिन तथा आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, ,अल्पसङ्ख्यक तथा महि...