आज सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन

आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ ।

सम्बन्धित सामग्री

मौसम खुलेपछिको सोलुखुम्बु (फोटो फिचर)

साेलुखुम्बु - काठमाण्डौ उपत्यकासहितका पहाडी क्षेत्रमा केही दिनदेखि बदली र वर्षाका कारण डम्म ढाकेको आकाश शुक्रवार आज बिहानैदेखि खुलेको छ । आकाश खुलेपछि वरपरका दृश्य मनमोहक देखिएका छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुका डाँडापाखामा पनि अहिले यस्तै दृश्य देखिन्छ । हिमाल आरोहण र पदयात्रामा निस्केका पर्यटकलाई मौसम खुलेपछि सहज भएको छ ।  सोलुखुम्बु सदरमुकाम सल्लेरी र नाम्चेबजारबाट देखिएको दृश्य :

सगरमाथासहित ४ हिमाल सफा गर्ने टोलीको बिदाइ आज

काठमाडौँ – ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत सफाइ अभियानमा सहभागी हुने टोलीलाई नेपाली सेनाले आज बिदाइ गर्दैछ। प्रमुख सेनानी, सेनानीसहित अन्य सहयोगीहरुसहितको ३ वटा टोलीलाई दिउँसो २ बजे बिदाइ गर्ने कार्यक्रम रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्। अभियानअन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथा चार वटा हिमालबाट फोहर सङ्कलनको लक्ष्य राखिएको छ। सगरमाथा ल्होत्सेमा एउटै […]

अन्तर्राष्ट्रिय पर्वत दिवस आज

काठमाडौं : जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरणप्रति जनचेतना जगाउने उद्देश्यले आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइदैछ।  वुमनन्स मुभ माउन्टेन्स भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो।७ औं पर्वतीय मेलामा हिमालहरुको संरक्षणका सन्दर्भमा विभिन्न कार्यपत्र तथा अनुसन्धान प्रतिवेदन माथि छलफल भइरहेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा सहितको चुचुराका कारण चिनिएको नेपालमा हिमालहरु पग्लिदै गएको विषय प्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन्।

गायक राजु चढे सगरमाथा

काठमाडौँ – गायक राजु लामा आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागी थिए । जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामा सर्वोच्च शिखर चढेका हुन् । लामा चर्चित […]

सगरमाथा आरोहीको बिदाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज बिदाइ गरेका छन्।...

सगरमाथा आरोहणका लागि युवन्तिका तामाङलाई शुभकामना

इलाम हङकङ समाजले आज २०७८ चैत २० गते थाहा पुस्तकालय, काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सूर्योदय नगरपालिका–१०,इलामकी २८ बर्से युवन्तिका तामाङलाई खादा लगाएर शुभक...

मन्त्री आलेको निम्ताे स्वीकार्दै सलमान खानले भने– ‘सुन्दर देश घुम्न आउँछु’

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भारतीय अभिनेता सलमान खानलाई निमन्त्रणा दिनुभएको छ । ओडीसी इन्टरटेनमेन्ट परिवार लाजिम्पाटले आज बुधवार सोल्टी होटलमा आयोजना गरेको मन्त्री आले र अभिनेता सलमानबीचको भिडियो संवादमा मन्त्री आलेले सगरमाथा आरोहणका लागि निमन्त्रणा दिनुभएको हाे ।  संवादका क्रममा मन्त्री आलेले भन्नुभयो, सलमानजी सगरमाथा विश्वमै सर्वोच्च शिखरका नामले चर्चित छ, सगरमाथा आरोहणसहित सगरमाथा क्षेत्रमा हवाई यात्रा गर्नका लागि म निमन्त्र...

बहराइनका राजपरिवारका सदस्यसहितको टोली नेपालमा

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली आज नेपाल आइपुगेको छ ।      बहराइन राजपरिवारका सदस्यसहितको आरोही टोली विशेष विमानमार्फत आज काठमाडौँ आइपुगेको आरोहण व्यवस्थापन गरिरहेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए । उक्त टोली साँझ ७ः३० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेको थियो । काठमाडौँको मेरियट होटलमा पाँच दिन क्वारेन्टिन बसेपछि गोरखा गएर त्यहाँ पनि पाँच दिनको बसाइपछि काठमाडौँ फर्कने छ । त्यसपछि आरोहणको प्रक्रिया सकेर आरोही टोली सग...