साेलुखुम्बु – नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालबाट सङ्कलन भएको झन्डै एक टन फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) लाई हस्तान्तरण गरेको छ ।
सेनाको नेतृत्वमा 'सफा हिमाल' अभियानमार्फत सङ्कलित नौ सय ५० किलो नकुहिने फोहोर आज मङ्गलवार नाम्चेमा एसपीसीसीलाई हस्तान्तरण गरिएकाे हो । नकुहिने फोहोर हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइने नेपाली सेनाले जनाएको छ । कुहिने फोहोर भने नाम्चेमा नष्ट गरिने एसपीसीसीका अध्यक्ष लामा काजी शेर्पाले बताउनुभयो ।
प्रमुख सेनानी किशोर अ...