सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली आज नेपाल आइपुगेको छ ।
बहराइन राजपरिवारका सदस्यसहितको आरोही टोली विशेष विमानमार्फत आज काठमाडौँ आइपुगेको आरोहण व्यवस्थापन गरिरहेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए । उक्त टोली साँझ ७ः३० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेको थियो । काठमाडौँको मेरियट होटलमा पाँच दिन क्वारेन्टिन बसेपछि गोरखा गएर त्यहाँ पनि पाँच दिनको बसाइपछि काठमाडौँ फर्कने छ । त्यसपछि आरोहणको प्रक्रिया सकेर आरोही टोली सग...