काठमाडौं : विश्वकप लिग- २ नामिबियासँगको खेलमा नेपालको खराब ब्याटिङ लाइन देखिएको छ।नामिबियाका बलरका सामु नेपालमा ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। भीम सार्की ४४ बर कुशल मल्लले १३ रन बनाउनु बाहेक अन्य पाँच जना ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। नेपालले ३१ ओभरको खेल सकिँदा १०६ रन बनाएको छ।नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए भने ८ रन बनाउँदै अनिल साह रन आउट हुन पुगे। आसिफ शेख ४ रनमा सहज क्याच आउट भए। कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए। सोमपाल कामी २ रन बनाएर आउट भएका थ