ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन सवारी डाइभर्ट गर्दा जाम (फोटोफिचर)

२३ मंसिर, काठमाडौं । ललितपुरको ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ । फ्लाइओभर निर्माण गर्न सो रुट भएर चल्न सवारी साधनलाई शुक्रबारदेखि अन्यत्र डाइभर्ट गर्दा सवारी जाम हुन थालेको छ । शुक्रबार बिहानबाट निर्माण सुरु भएसँगै ट्राफिक व्यवस्थापन फरक ढंगले गरिंदा सवारी जाम धेरै भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निर्माण नसकिएसम्म […]

सम्बन्धित सामग्री

कोटेश्वर-जडीबुटी खण्डमा सुरुङ र फ्लाइओभर बनाउन जापान तयार

४ कात्तिक, काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउकोदुखाइ बनिरहेको कोटेश्वर चोकको जाम हटाउन सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने भएको छ । यसका लागि सरकारले करिब २५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि प्राविधिक रूपमा यसको टुंगो लागेको थिएन […]

जाम घटाउन भन्दै बनाउन लागिएको फ्लाइओभरले झन जाम बढायो !

दोलखाको बिगु गाउँपालिका–५ का राजन थामीले ललितपुरको ग्वार्कोमा खाजाघर चलाउन थालेको झण्डै तीन वर्ष भयो । ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदा चक्रपथको बायाँपट्टी ‘सर्भिस लेन’ सँगै रहेको उहाँको दिव्यतारा फास्टफुड एण्ड खाजाघरमा दुई वर्ष अघिसम्म व्यापार राम्रैै थियो । तर, एक वर्षदेखि भने उहाँको व्यापार खासै राम्रो चलेको छैन । खाजा पसलको भाडा महिनाको २० हजार रुपैयाँ तिर्नुपर्छ । गएको एक वर्षदेखि भाडा तिर्न पनि मुश्किल छ । अहिले महिना मर्दा कसरी भाडा तिर्ने भन्ने चिन्ताले उहाँलाई सताउने गरेको छ । ग्वार्कोमा बन्न लागे...

सडक बनाउन सडक जाम – देशसञ्चार

नेपालगञ्ज – बाँकेको खजुरामा छिटो सडक बनाउन माग राख्दै स्थानीयले सडक जाम गरेका छन्। एक हजार आठ सय मिटर सडक खण्ड ५ वर्षमा नबनेपछि स्थानीय आक्रोशित बनेका

ग्वार्को र सातदोबाटोमा फ्लाई ओभर, एकान्तकुनामा अन्डरपास

संरचना एकै चरणमा बनाउन महानगरको ध्यानाकर्षण कोटेश्वर र थापाथलीपछि धेरै नै ट्राफिक जाम हुने उपत्यकाकै अन्य चोक हुन्, तलितपुरको सातदोबाटो र ग्वार्को । ग्वार्को चोकमा फ्लाई ओभर निर्माण भइरहेकाले करिब ढेड...

ओखलढुंगा जाने सोखु खोलामा मोटरेबल पुल बनाउन सांसद रामहरिको माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सिन्धुली जिल्लाको सोखु खोलामा तत्काल मोटरेबल पुल बनाउन संसदमा माग गरेका छन्। आइतबार भएको प्रतिनिधिसभा बैठकमा उनले समयमा पुल नबन्दा सवारी चालक तथा यात्रुहरूले धेरै समस्या भाेग्न बाध्य भएकाे भन्दै तत्काल पुलको व्यवस्था गर्न माग गरेका हुन्।‘ओखलढुंगा-सोलुखुम्बु-खोटाङ जाने सोखु खोलामा पुल नबनेर गाडी जाम गर्ने अवस्था छ,तुरुन्त व्यवस्थापन होस’,उनले भने।यस्तै,उनले ओखलढुंगा-कटारी सडक पनि बनाउन माग गरे। ‘कटारी-ओखलढुंगा बाटो ४६ किमीको लाग

नागढुङ्गा-नौबिसे सडक खण्डमा लामो जाम

काठमाण्डौ - काठमाण्डौसँग जोडिएको मुख्य नाका नागढुङ्गा नौबिसे सडक खण्डमा लामो जाम छ। यो सडक खण्ड अन्तरगत झ्याप्ले खोलामा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक बिग्रिएकाले बिहानदेखि नै चाप परेको छ । सामान बोकेर काठमाण्डौका लागि छुटेको ट्रक बिहान बिग्रिएको हो । यो सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेका छन् । यसले गर्दा जाम भएको छ । बिग्रिएको ट्रकमा सामान धेरै भएकाले हटाउन पनि समस्या भएको नागढुङ्गामा खटिएका प्रहरी निरीक्षक टपेन्द्र खत्रीले जानकारी दिनुभयो । गाडी बनाउन समय लाग्ने भएकाले अझै केही घण्टा यो सडक खण्डमा चा...

करिडोर निर्माणले चक्रपथको सवारी जाम कम हुन्छ : प्रदीप पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले करिडोर निर्माणले चक्रपथ क्षेत्रको सवारी जाम कम हुने बताएका छन्। बूढानीलकण्ठ नगरपालिका–४ स्थित विष्णुमती करिडोर सडकको आज शिलान्यास गर्दै उहाँले करिडोर बनेको खण्डमा चक्रपथको जाम कम हुने बताएका हुन् । विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन नसक्दा सवारी जाम बढेको उनको भनाइ छ । काठमाडौँ क्षेत्र नं ५ का नवनिर्वाचित […]

ट्राफिक जाम घटाउने उपाय

काठमाडौं उपत्यकामा ट्राफिक जाम भयावह बन्दै गइरहेको अवस्थामा सरकारले चक्रपथको ग्वार्कोमा फ्लाइओभर बनाउन कम्पनी छानेको छ र चाँडै नै सम्झौता गर्ने तयारी गरेको छ । तर, फ्लाइओभरले मात्रै उपत्यकाको ट्राफिक समस्यालाई समाधान गर्न कठिन देखिन्छ । दीर्घकालीन समाधान भनेको सार्वजनिक यातायात सुधार गर्नु नै हो । फ्लाइओभरपछि ठूला बसहरू सञ्चालन गर्न सकिने अवस्था आउन सक्छ । त्यस्तै मोनोरेललगायतका विकल्पमा पनि सरकारले अहिलेदेखि नै अध्ययन थालिहाल्नुपर्छ । काठमाडौंमा बस्ती फैलने क्रम अझै जारी छ । करीब करीब उपत्यकाका प्रायः सबै क्षेत्र घरले भरिइसकेका छन् यस शंकै छैन । उपत्यकाको सबैभन्दा फराकिलो सडक चीनले निर्माण गरिदिएको चक्रपथ मात्रै हो भन्दा हुन्छ । यही चक्रपथलाई आधार मानेर काठमाडौंमा बस्ती विस्तार भइरहेको हो । त्यही कारण यो चक्रपथबाट भित्र छिर्ने सबै चोकमा ट्राफिक जाम अत्यधिक हुने गरेको छ । चाबहिल, कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, कलंकी, सीतापाइला, बालाजु, महाराजगञ्ज सबैभन्दा बढी जाम हुने क्षेत्रमा पर्छन् । त्यस्तै भित्री शहरमा पनि त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, बानेश्वर आदि क्षेत्र यस्तै ट्राफिक जाम हुने क्षेत्र हुन् । यो जामका कारण मुलुकले आर्थिक क्षति बेहोर्नुपरिरहेको छ भने थुप्रो मानिस सडकमा थुनिनुपर्दा उनीहरूको उत्पादकत्व पनि खेर जाने गरेको छ । ट्राफिक जामका आर्थिक लागत आफ्नो ठाउँमा छँदै छ, यसले वातावरणमा पुर्‍याएको थप क्षतिको हिसाबकिताब पनि डरलाग्दो देखिन्छ । तर, यस्तो डरलाग्दो ट्राफिक जाम हुने गरेको भए पनि त्यसलाई कसरी विकल्प दिन सकिन्छ भन्नेमा सरकारले गम्भीर भएर अध्ययन गरेको पाइँदैन । चक्रपथको तीनकुने–कलंकी खण्डको विस्तार भएपछि भने यस क्षेत्रमा फ्लाइओभर राख्न सरकारले केही प्रक्रिया शुरू गरेको छ । त्यसमध्ये ग्वार्को पहिलो प्राथमिकतामा परेको छ जसका लागि सरकारले स्रोतको सुनिश्चितता पनि गरिसकेको छ । नेपालसँग फ्लाइओभरको आफ्नो अनुभव छैन । ग्वार्कोमा यो बनेपछि क्रमशः यसलाई विस्तार गर्न सकिन्छ । फ्लाइओभरका लागि आवश्यक पर्ने जग्गासमेत उपलब्ध नहुने चोकहरू छन् । ती चोकमा कसरी ट्राफिक सहज बनाउने भन्नेमा पनि थप अध्ययन जरुरी छ । काठमाडौं उपत्यकामात्र होइन, बिस्तारै पोखरा, विराटनगर आदि ठूला समयमा पनि यही समस्या देखिने निश्चित छ । २ दशकयता उदाउँदो मध्यम वर्गका कारण गाडीको प्रयोग बढ्दो छ । त्यसमा पनि नेपालको सार्वजनिक यातायातको बेथितिका कारण मानिसहरूलाई गाडी किन्नुपर्ने बाध्यतासमेत छ । गाडी किन्न नसक्नेहरूले मोटरसाइकल किन्ने गरेका छन् । यी मोटरसाइकलको संख्या ज्यादै भएकाले ट्राफिक समस्या झनै थपिएको छ । खासगरी ट्राफिक नियम मिच्नेमा दुईपांग्रे सवारी भएको बताइन्छ । त्यसैले उपत्यकाका यातायात सुधार्न नसक्ने हो भने सडकमै धेरै समय जाने निश्चित जस्तै छ । अहिले नै ट्राफिक जामको अवधि थपेर घरबाट निस्कनुपर्ने अवस्था छ । त्यो समस्या झनै बढ्दै जाने देखिन्छ । त्यसैले यहाँको ट्राफिक जाम कम गर्न तत्कालीन र दीर्घकालीन नीति बनाएर काम गर्नुपर्ने देखिन्छ । अहिले निजी तथा सार्वजनिक सवारीका यात्रुहरूले भोग्नुपरेको सास्ती यसरी नै बढ्दै जाने हो भने काठमाडौंको वायुप्रदूषणको स्तर अत्यन्तै खराब हुने मात्र होइन, मानिसहरूमा मानसिक समस्यासमेत नआउला भन्न सकिँदैन । सरकारले ग्वार्कोमा फ्लाइओभर बनाउन कम्पनी त छनोट गर्‍यो तर त्यो छनोट पनि विवादमा परेको छ । यस्तो विवादले निर्माणको काम पछि धकेलिन पनि सक्छ । अतः पारदर्शी ढंगले कम्पनी छनोट गरिनु आवश्यक छ । दीर्घकालीन समाधान भनेको सार्वजनिक यातायात सुधार गर्नु नै हो । फ्लाइओभर पछि ठूला बसहरू सञ्चालन गर्न सकिने अवस्था आउन सक्छ । त्यस्तै मोनोरेललगायतका विकल्पमा पनि सरकारले अहिलेदेखि नै अध्ययन थालिहाल्नुपर्छ । यहाँ भइरहेको बसाइँसराइ रोक्न र यहाँका बस्तीहरू अन्यत्र स्थानान्तरण गर्न झनै सम्भव देखिँदैन । अतः यहाँको ट्राफिक व्यवस्थापनका लागि गम्भीर अध्ययन आवश्यक देखिन्छ ।

पासपोर्ट बनाउन राहदानी विभागदेखि लैनचौरसम्म लाइनमा सेवाग्राही

काठमाडौं : राहदानी विभागमा पासपोर्ट बनाउन सर्वसाधरणको भिड लागेको छ। आज बिहानै देखिनै पासपोर्ट बनाउन सेवाग्राही लाइनमा बसेका छन्। सेवाग्राहीको भिडभाड हुँदा लाइन व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई पनि हेम्मेहम्मे परेको छ। राहदानी विभागदेखि लैनचौरसम्म सर्वसाधरण लाइनमा बसेका छन्। जसकारण त्यसक्षेत्रमा ट्राफिक जाम भइरहेको छ। यस्तै, पासपोर्ट बनाउन चाहिने कागजातहरु फोटोकपी गर्न…

सुन्तलाबाट जाम बनाउन तालिम

भिमाद नगरपालिका–९ का महिलाले गाउँघरमै उत्पादन भएर बिक्री नभएको सुन्तलाबाट जाम बनाउने सीप सिक्न थालेका छन् । बिक्री नभएर त्यसै फालिएको सुन्तलाको उपयोग गर्दै महिलाहरूले जाम बनाउने सीप सिक्न थालेका हुन् ।