ओखलढुंगा जाने सोखु खोलामा मोटरेबल पुल बनाउन सांसद रामहरिको माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सिन्धुली जिल्लाको सोखु खोलामा तत्काल मोटरेबल पुल बनाउन संसदमा माग गरेका छन्। आइतबार भएको प्रतिनिधिसभा बैठकमा उनले समयमा पुल नबन्दा सवारी चालक तथा यात्रुहरूले धेरै समस्या भाेग्न बाध्य भएकाे भन्दै तत्काल पुलको व्यवस्था गर्न माग गरेका हुन्।‘ओखलढुंगा-सोलुखुम्बु-खोटाङ जाने सोखु खोलामा पुल नबनेर गाडी जाम गर्ने अवस्था छ,तुरुन्त व्यवस्थापन होस’,उनले भने।यस्तै,उनले ओखलढुंगा-कटारी सडक पनि बनाउन माग गरे। ‘कटारी-ओखलढुंगा बाटो ४६ किमीको लाग

सम्बन्धित सामग्री

पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै

पर्वत, १३ फागुन । पर्वतका ग्रामीण सडकमा चालू आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण हुने भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमहिना सञ्चालन गर्ने उद्देश्यले खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिकाको लिदि खोला, पैँंयू गाउँ गाउँपालिकाको सरौ र भोर्लेखोला तथा कुश्मा र फलेवास नगरपालिकाको […]

तीनवटा मोटरेबल पुल निर्माण सम्पन्न

लमजुङमा निर्माणाधीन तीनवटा मोटरेबल पुल गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएका छन् । क्रमागत योजनाअन्तर्गत जिल्लाका विभिन्न खोला तथा नदीमा निर्माणाधीन तीनवटा मोटरेबल पुल गत आर्थिक वर्षमा सम्पन्न भएका हुन् । पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको क्होलासोँथार अन्तर्गत मिदिम खोला मोटरेबल पुल दूधपोखरीको कुँयाले खोला मोटरेबल पुल र लाङदी खोला मोटरेबल पुल गत आर्थिक […]

सीमानाका झुलाघाटमा मोटरेबल पुल बन्ने आशा

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हुने आशा पलाएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माण गरिने बताएपछि यस क्षेत्रका नागरिकमा आशा पलाएको हो। नेपालको सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटीलाई बढाउन बैतडीको झुलाघाट र डडेल्धुराको शीर्षमा मोटरेबल पुल निर्माण हुने भारतीय प्रधानमन्त्री मोदीले बताएका हुन्। भारतीय प्रधानमन्त्

दुई जिल्ला जोड्ने मोटरेबल पुल

दुई जिल्ला जोड्ने मोटरेबल पुल : ताप्लेजुङ र पाँचथर जिल्लामा सडक सञ्जालले जोड्ने इन्द्रावती खोलामाथि बनाएको मोटरेबल पुल । यही मोटरेबल पुल हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल पुग्ने गरिन्छ । तस्बिर : रासस

मोटरेबल पुल निर्माणमा ढिलासुस्ती

गुल्मीमा कुल पाँच करोड १७ लाखको लागतमा बन्न सुरु भएको मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–३ र वडा नम्बर ७ जोड्ने मोटरेबल पुल निर्माणाधीन अवस्थामा दुईपटक नदीको बहाब बढेको कारणले भत्किएपछि पुल निर्माणमा ढिलासुस्ती भएको हो ।स्वीस सरकारको आर्थिक सहयोगमा बन्न लागेको झेंदी पुलको निर्माणका लागि २०७३ सालमा सम्झौता भएको थियो […]

सोलुखुम्बुको दुधकोशी मोटरेबल पुल सञ्चालनमा

सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटक वृद्धि भएको छ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरुले बताएका छन् । सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामाग्रीको ढुवानीदेखि धुम्न आउने पर्यटकको लागि राम्रो भएको स्थानीयहरुको भनाई छ । सोलुखुम्बु जिल्ला प्रदेश नम्बर एकको &lsquo

लेतेखोलामा मोटरेबल पुल निर्माण

मुस्ताङ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित लेतेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ । उक्त सडक आयोजनाले लेतेखोलामा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणका लागि विसं २०७५ भदौमा रु छ करोड २० लाखमा गजुरमुखी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । आयोजनाका व्यवस्थापक नरेन्द्र न्यौपानेले […]

कालीगण्डकीमा मोटरेबल पुल निर्माण

म्याग्दी । अन्तरदेशीय व्यापारिक महत्त्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा सहजरुपमा सवारी आवत जावतको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्की मोटरेबल पुल निर्माण […]

नगरपालिकाले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने

लमजुङको मध्यनेपाल नगरपालिकाले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने भएको छ । झण्डै चार करोड बजेट लगानी गरी नगरपालिकाले चर्दी खोलामा मोटरेबल पुल निर्माण गर्ने भएको हो ।मध्यनेपाल नगरपालिका–३ र ४ को सिमाना भएर बग्ने चर्दी खोलामा क्रमागत योजना बनाएर आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने तयारी गरेको हो । मोटरेबल पुल निर्माणका लागि केही […]

बनिनसक्दै मोटरेबल पुल सञ्चालनमा ल्याइयाे

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको निर्माणाधीन मोटरेबल पुल सञ्चालनमा ल्याइएको छ।...