जाम घटाउन भन्दै बनाउन लागिएको फ्लाइओभरले झन जाम बढायो !

दोलखाको बिगु गाउँपालिका–५ का राजन थामीले ललितपुरको ग्वार्कोमा खाजाघर चलाउन थालेको झण्डै तीन वर्ष भयो । ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदा चक्रपथको बायाँपट्टी ‘सर्भिस लेन’ सँगै रहेको उहाँको दिव्यतारा फास्टफुड एण्ड खाजाघरमा दुई वर्ष अघिसम्म व्यापार राम्रैै थियो । तर, एक वर्षदेखि भने उहाँको व्यापार खासै राम्रो चलेको छैन । खाजा पसलको भाडा महिनाको २० हजार रुपैयाँ तिर्नुपर्छ । गएको एक वर्षदेखि भाडा तिर्न पनि मुश्किल छ । अहिले महिना मर्दा कसरी भाडा तिर्ने भन्ने चिन्ताले उहाँलाई सताउने गरेको छ । ग्वार्कोमा बन्न लागे...

सम्बन्धित सामग्री

ग्वार्काेमा फ्लाइओभर निर्माणको कामले बढायो जाम ! [तस्वीरहरू]

काठमाडौं । सडकको बीच लेनमा निर्माण चलिरहेको छ । दायाँबायाँतर्फको लेनमा भने सवारीसाधनको जाम देखिन्छ । केही दिनअघि चक्रपथ (रिङरोड)अन्तर्गत ललितपुरको ग्वार्काे सडकखण्डमा देखिएको दृश्य हो यो । त्यसो त अचेल दिनहुँ यो दृश्य देखिन्छ ।  ललितपुर ग्वार्काेमा फ्लाइओभरको निर्माणको काम चलिरहेको छ । निर्माण अव्यवस्थित हुँदा उक्त सडकखण्डमा सवारीसाधन जाम हुने गरेको र यसले सास्ती खेप्नुपरेको यात्रुको दुखेसो छ । यसको समाधानतर्फ सरोकारवाला निकायले चासो नदिएको यात्रु गुनासो पोख्छन् ।

खुला ढल र फोहोरले बढायो हैजाको जोखिम

बल्खु खसीबजार क्षेत्रमा ढल जाम हुने समस्या अझै उस्तै छ । कोटेश्वर, बालाजु क्षेत्रमा ठाउँठाउँमा जमेको दूषित पानीको दुर्गन्धले वरिपरि बस्नै नसक्ने अवस्था छ । उपत्यकाको फोहोरमैला उठ्न थाले पनि बागबजार क्षेत्रमा अझै डंगुर देखिन्छ । भृकुटीमण्डप–अनामनगर खण्डको ढलको निकास नहुँदा सिंहदरबार क्षेत्रमा समेत दुर्गन्ध फैलिने गरेको छ ।