महाशिवरात्रीको अवसरमा प्रहरीले पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ। पशुपति क्षेत्रमा भीडमा हुन सक्ने चोरी डकैती लुट्पाट गतिविधि नियन्त्रण तथा मन्दीर दर्शनका लागि गएका भक्तजनको लाईन मिलाउनेदेखि सवारी पार्किङ ब्यवस्थापनका लागि भनेर ४ हजार ५ सय प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले बताए। ‘विगतका कमीकमजोरीलाई अध्यन गरी शिवरात्रीको आवश्यक सुरक्षा तयारी…