बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई मुम्बइदेखि गोवा जाँदै गरेको क्रुजमा भएको ड्रग्स पार्टीमा संलग्न रहेको भन्दै आइतबार प्रहरीले गिरफ्तार गरेको थियो। आर्यनलाई ड्रग्सको मामलामा लगातार सोधपुछ भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबारको सोधपुछमा आर्यनले आफूले ड्रग्स सेवन गरेको स्विकारेका छन्।प्रहरी कडाइका साथ प्रस्तुत भएपछि उनले रुँदै आफूले गएको ४ वर्षदेखि ड्रग्स सेवन गर्दै आएको कुरा स्विकारेको बताइएको हो। साथै उनले भारत बाहिर बेलायत, युएईलगायत धेरै देशमा जाँदा पनि ड्रग्स सेवन गर