फिनल्याण्डकी प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि

सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैरकानूनीरूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि सोमबार गराएको प्रयोगशाला परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो।...

सम्बन्धित सामग्री

के गाँजालाई ओखतीको रुपमा सेवन गर्दा हुन्छ ? प्रा. डा. धनरत्न शाक्यको विचार

गाँजा अवैध हिसाबले संसारमा सबैभन्दा धेरै सेवन गरिने नशालु लागूपदार्थ हो । विश्व जनसंख्याको करीब ४ प्रतिशत (१९ करोड २० लाख) मानिसहरूले यसको सेवन गर्ने र अमेरिकीहरूमा ४० प्रतिशतले जीवनमा एक न एकपटक सेवन गर्ने आँकडा छ । यसको सेवन अक्सर हुर्किरहेको तरुण उमेर किशोरावस्थामै शुरु गर्नेे र पुरुषले बढी गरे पनि महिलाहरूमा पनि बढ्दै गएको देखिन्छ । यसरी किशोरावस्थामा शुरु गर्ने करीब १५ प्रतिशत र दैनिक सेवन गर्ने ३५–५५ प्रतिशत मानिसहरूमा यसको दुर्व्यसन, लत (Addiction) जस्तो गम्भीर स्वास्थ्य समस्या हुने विश्व स्वास्थ्य संघ (२०१६) को तथ्यांक छ । लेखक संलग्न अवलोकन र अध्ययनमा पनि मानसिक सेवामा आउने १०-२० प्रतिशत मानिसहरूले यसको सेवन गर्ने गरेको देखिएको छ ।  मूलतः क्यानाबिज साटिभा, एन्डिका र रुडरालिस जस्ता बोटमा हुने सयभन्दा धेरै खालका क्यानाबिनोइड्, फ्लाबिनोइड् र टर्नोइड् जस्ता रसायन पदार्थहरूमध्ये डेल्टा-9-टेट्राहाइड्रोक्यानाबिनोल र क्यानाबिनोलमा मात, लत लाग्ने गुण हुन्छ । धुवाँ बाफ तान्ने, खाने लगाउने अनेक स्वरूपहरूमा विभिन्न मात्रामा गाँजाको प्रयोग हुने गर्दछ । गाँजा, भाङमा १ प्रतिशत जति हुन्छ भने सिन्सेमिलामा ५-६ प्रतिशतसम्म हुने गर्दछ । यी बोटहरूबाट मादक पदार्थका अलावा कपडा, डोरीलगायत सामग्रीहरू तथा अचार, पेयपदार्थ जस्ता खाद्य–सामग्रीहरुको पनि उत्पादन हुने गर्दछ । यसको खेती, विक्री, वितरण, प्रयोग (मनोरञ्जन र चिकित्सकीय उपभोग)लाई कानूनी मान्यता दिनुपर्ने मत टड्कारो हिसाबले विश्वभरि नै आएको र नेपालमा पनि यसको लहर देखिएको छ । नेपालले सन् २०२० डिसेम्बरमा गाँजालाई मादक, लागूपदार्थको यस्तो समूह जसलाई उपचारात्मक प्रयोजनका लागि पनि विचार गर्न नसकिने कोटि (schedule IV) बाट पुनःवर्गीकरण र पुनर्विचार गर्नुपर्ने पक्षमा मत दिएको छ । यसलाई कानूनी मान्यता दिँदा देशलाई ठूलो धनराशी (सन् २०२५ मै करीब १ खर्ब ४६ अर्ब रुपैयाँ) फाइदा हुने र देशको विकास भई काँचुली फेरिने तर्क नेपालमा आएको छ । नेता, विद्वत भनिने केही व्यक्तिहरूबाट यसका पक्षमा साह्रै प्रभावकारी र चित्ताकर्षक वाणी, विचार,  अन्तरवार्ता, समाचार, लेख आदिको एकोहोरो अलाप र बाढी आएको स्थिति देखिँदैछ ।  दुई दशकभन्दा लामो समयदेखि मनोचिकित्सा कर्ममा रहेको एक मनोचिकित्सकका रुपमा मैले याद गरेदेखि अन्तरंग, बहिरंग, आकस्मिक सेवा सबै खालका सेटअपहरूमा यो गाँजा प्रकरणले धेरै बिरामी, तिनका जीवन र परिवारजनलाई थिल्थिलो, तहसनहस, विक्षिप्त र आजित बनाएको, सताएको देखेको छु । आज यो लेख लेख्न बसेकै दिन पनि हाम्रो साइक्याट्री वार्डका ३३ प्रतिशत बिरामीहरूमा गाँजाको सेवन छ भने २३ प्रतिशतमा यसको डिपेन्डेन्सको क्राइटेरिया पुग्छ । हिस्ट्री लिँदा बिरामी र मानिसहरूमा गाँजाको असरबारे पटक्कै वैज्ञानिक जानकारी भएको भेटिँदैन । कलेज र विज्ञान पढिरहेका बिरामीसमेत गाँजाले राम्रो हुने, यो सरल रूपमा पाइने कुरा गर्छन् । एकातिर गाँजाको पक्षधर मतको ज्वालामुखी ! अर्कोतिर हरपलको आफ्नो फर्स्ट ह्याण्ड अवलोकनको दिग्दारी ! तर अत्यन्त झिनो, नगन्य तथ्यगत गाँजा सेवनको विपक्षी मत । यसबारे निष्पक्षरूपमा यसको चिकित्सकीय प्रयोगबारे समीक्षा अध्ययन गर्ने विचार गरें र यसबारे जर्नल लेखहरू पनि प्रकाशित भए । यहाँ, त्यसै प्रयासको प्रतिबिम्ब तथ्यगत विचार राख्ने दुस्प्रयास गर्दैछु । तथ्यबारे घोटलेर सही कुरा अवलम्बन गर्ने जिम्मा भने विवेकी पाठकहरूकै हातमा सुम्पन्छु ।           गाँजामा हुने विशेषतः क्यानाबिड्योल भनिने एक विशेष रसायनचाहिँ केही स्वास्थ्य समस्याहरूमा औषधीको रूपमा प्रयोग गरेको पाइन्छ । विशेष खालको काम्ने, मुर्छा पर्ने, निकै थोरै सीमित रोग र उल्टी रोक्ने प्रयोजनमा यसको प्रयोगलाई ज्यादै हाइलाइट गरेको पाइन्छ । यी दुई प्रयोजनका लागि अमेरिकामा (एफडीए ) स्वीकृतिसमेत छ । अरु केही स्नायु रोगहरू (मल्टिपल स्क्लेरोसिस, पार्किन्सन्स)मा पनि यसको उपयोगिताको दाबी छ, तथापि प्रमाणको कमी देखिन्छ । उल्टी रोक्न र यस्ता स्नायु समस्याहरूमा प्रयोग गर्ने भनिए पनि गाँजामा हुने यी नै केमिकलले रोक्नै हम्मे पर्ने वान्ता भई यसको सेवन गर्ने धेरै मानिसहरू सिकिस्तै परेको बढी देखियो । स्नायुरेशा र कोषमा प्रतिकूल असर परी अरु धेरै स्नायु समस्याहरू उब्जिएको पाइयो । कोभिडको महामारीको बेलामा पनि गाँजाले फोक्सोको स्वास्थ्यमा फाइदा हुने भनिए पनि यसमा हुने अर्को रसायनले फोक्सोमै गम्भीर असर पर्ने र क्यान्सर समेत गराउनसक्ने तथ्य सामु आयो । गाँजामा सुर्ती चुरोटमा जस्तै बेन्जोपाइरिन लगायत्का थरिथरि क्यान्सरकारक रसायनहरू त्यसमा भन्दा चारगुणा बढी असरदार हुने रिपोर्ट आएको छ । क्यान्सरको दर्द, खानाको अरुचिमा काम लाग्ने भन्दै गर्दा यसले नै विभिन्न खालका क्यान्सर गराउनसक्ने तथ्य झन् ध्यान दिन आवश्यक हुन गयो । खानाको अरुचिमा फाइदा पुग्ने भनिने गाँजाको सेवन गर्ने मानिसहरू अक्सर खाना नखाने, खानपिन अनियमित हुने र कुपोषणको शिकार भइरहेकै देखिन्छ । अझ, यसको सेवनले खानाको अरुचि भई तौल नियन्त्रण रहने भएकोले विशेष गरी आधुनिक र स्लिम हुन चाहने महिला वृत्तमा यसको सेवनको कुरा उठ्ने गरेको र त्यसै हिसाबका आकर्षक विज्ञापनहरू पनि देखिन्छ । दुखाइ, पीडा, सुजन कम गर्न प्रयोग गर्ने सन्दर्भमा आजकल औषधी विज्ञानमा अरु धेरै प्रभावकारी, सुरक्षित र वैज्ञानिक प्रमाण सहितका औषधीहरू विकास भइसकेको परिप्रेक्ष्यमा गाँजाको एनाल्जेसिक गुणको उपयोग गरिहाले पनि अति अति सतर्कताका साथ, अन्तिम उपायका रूपमा मात्र गर्नु ठिक होला ।  यता कतिपय मानसिक रोगहरूमा पनि गाँजाको उपयोगिताबारे मेडिकल लिटरेचरमा उल्लेख गरेको पाइन्छ । एन्जाइटी र निद्राको समस्यामा फाइदा गर्ने भनिए पनि सेवन गरेको वा मातिएको वा लामो समयको सेवन गर्नेहरूमा अक्सर धेरैमा मनोत्रास प्यानिकदेखि लिएर विभिन्न खालका छट्पटी एन्जाइटीसम्मका समस्याहरू देखिन्छन् । उदासीनता, डिप्रेसन वा मेनियामा पनि यदाकदा फाइदाको कुरा भने पनि आम यथार्थ जुन मेरो पनि देखेभेटेको कुरा हो, त्यो के भने गाँजा सेवन गर्ने मानिस यी मानसिक रोगले कडै रुपमा प्रभावित भएपछि अक्सर मनोस्वास्थ्य सेवामा आउँछन् । त्यसकारण यस्ता भावना वा मूड डिसअर्डरमा गाँजा ओखतीको रूपमा प्रयोग गर्ने कुरा मिल्दैन । कतिपय अरु मादक, लागूपदार्थमा लत लागेकाहरू गाँजातिर लाग्ने वा गाँजाबाट नशा सेवन थालेकाहरू अरु पनि सेवन गर्न थाल्ने परिदृश्य यस्ता मानिसहरूमा आमरुपमा भेट्टिने देखिने हुन् । कतिसम्म भने, गाँजाको उपयोगिता केही सीमित खालको साइकोसिसमा हुन्छ पनि भनियो । जबकि, अति धेरै मानिसहरूमा एकचोटी, बारम्बार सेवन वा दीर्घरूपमा यसको लत भएकाहरूमा साइकोसिस भएको देखिन्छ । गाँजाको सेवनले साइकोसिसको अनुवांसिक खतरा भएकाहरूमा एक पटक मात्र सेवन गर्दा पनि सलाईको काटीले जस्तो काम गर्दछ । यसको सेवनले साइकोसिस जस्तो गम्भीर मानसिक समस्याको शुरुवात गर्ने, यसको समग्र परिणति प्रतिकूल बनाउने, लक्षणहरू कडा रूपमा प्रकट गराउने र गाँजाको वैधतापछि यसको सेवन बढ्दा जनसंख्यामै अरु जटिलता र समस्यासहित विशेष गरेर साइकोसिस बढेका तथ्यांकहरू धमाधम आइरहेको देखिन्छ ।  तर्क गर्ने र मत दिनेहरू भन्छन्– गाँजा पनि ओपियड र अरुजस्तै नशा र लत लाग्नसक्ने पदार्थ हो । ठिक मात्रा, तरीका र माध्यमले लिए बिष त ओखती हुन्छ । अरु पदार्थ ओखतीको रूपमा प्रयोग गर्न मिल्ने, गाँजा किन नमिल्ने ! यस मामिलामा केही महत्त्वपूर्ण पक्षहरू गहिरिएर मनन् गर्न जरुरी हुन्छ, जस्तै– के प्रयोजनका लागि प्रयोग गर्ने ? के-कस्ता वाञ्छित र प्रतिकूल असर छन् ? ती असरहरूको पूर्वानुमान लगाउन सकिने नसकिने आदि । गाँजाका सवालमा, प्रमाणको हिसाबले यसका हानीहरूको अति ज्यादा तर, उपयोगिताको भने प्रमाण पुष्टि हुन बाँकी देखियो । यसको प्रयोगले मुटुको चाल गडबड भई मृत्यु समेत र साइकोसिससम्म हुने रिपोर्टहरु आए । यी घातक असरहरुको कुनै अनुमान लगाउने भरपर्दो आधार भने देखिँदैन । दीर्घ लती मात्र होइन, अति कम मात्रा र केवल एकपटक मात्र चाख्नेलाई पनि गम्भीर परिणाम हुनसक्ने देखियो । फेरि, यो दबाइभन्दा पनि प्लान्ट बेस्ड भएकोले व्यवहारिकरूपले प्रयोगमा आउने कुरामा यसको मात्रा निश्चित नहुने र वास्तविक धरातलमा अनियन्त्रित भई अति गम्भीर परिस्थिति सिर्जना भएका प्रतिवेदनहरू आइरहेछन् ।  अरु देश वा ठाउँको देखासिकी गरेर वा कुनै रूपमा यसको पक्षमा आमरुपले गाँजा बैध गर्दा नेपाल जस्तो अज्ञानता, गरीबी, कमजोर शासन व्यवस्था भएको र पिछडिएको मुलुकमा अति गम्भीर परिणाम नआओस् भनी सतर्क हुन आवश्यक छ । यसको मतलब, सोलोडोलो रोक तथा कानूनी बन्देज लगाउनु वा अहिलको परिस्थितिले सिर्जना भएको लुपहोल्स, राज्यले अनाहकमा राजस्व गुमाउने, तस्कर बिचौलिया मोटाउने परिस्थितिले निरन्तरता पाओस् अथवा यसको अनुसन्धान प्रक्रियालाई निरुत्साहित गर्नु भनेको भने पक्कै होइन । यसतिर गम्भीररूपमा सोचेर हाम्रो आफ्नो वस्तुस्थिति, यथार्थको मनन् गरेर आम मानिस, विद्यार्थी, शिक्षक, अभिभावकलगायत सबैलाई यसबारे सुशिक्षित बनाउने, यसको वैज्ञानिक अनुसन्धान अध्ययनलाई प्रेरित गर्ने तथा विद्यमान कानूनको वैज्ञानिक ढंगले परिमार्जन गरी निर्दिष्ट उद्देश्य, प्रयोजनपरक र जनस्वास्थ्यप्रति सजग नीतिनियमहरूको निर्माण र गम्भीरतापूर्वक कार्यान्वयन गर्न राज्य सरकार र जनता लाग्न जरुरी भएको छ । अब, यस्तोमा कतै सुनियो, विज्ञापन देखियो वा कसैले भने, ‘गाँजा त गज्जबको ओखती हो’, त पत्याउनु र प्रयोग गर्नुअघि अहिलेसम्म प्राप्त प्रमाणहरू पर्गेल्न र बारम्बार सोचेर ठम्याउन जरुरी हुन्छ ।  (प्रा. डा. शाक्य, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन् ।) #Marijuana #Weed #cancer #depression #Dependence #abhiyandaily #aarthikabhiyan

प्रधानमन्त्री मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि

साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ।सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैरकानूनीरूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि सोमबार स्वास्थ्य परिक्षण गरेकी थिइन्।परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो। प्रधानमन्त्री मारिनको पिसाबको नमूनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागूऔषधको उपस्थिति रहे नरहेको निर्क्यौ

फिनल्याण्डकी प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि

काठमाडौँ- साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’ को भिडियोमा उनले गैरकानूनी रूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि उनले सोमबार प्रयोगशाला परीक्षण गराएकी थिइन् । उक्त प्रयोगशाला परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो […]

फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि

एजेन्सी । साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ ।

फिनल्याण्डकी प्रधानमन्त्री मरिनको ड्रग्स टेस्टको रिर्पोट आयो

साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैर(कानूनीरूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आरोप लागेपछि सोमबार  लागूऔषध परीक्षण गराएकी थिइन । परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो । प्रधानमन्त्री मारिनको पिसाबको नमूनामा कोकिन, […]

नेपालमा लागूपदार्थ ओसारपसारको अन्तर्राष्ट्रिय जालो

नेपाल लागूपदार्थ ओसारपसारको अन्तर्राष्ट्रिय जालोमा त पर्दै गएको छैन भन्ने प्रश्न हालैको एक घटनाले पुष्टि गरेको छ । हालै मात्र १ अर्ब रुपैयाँभन्दाबढी मूल्यको हेरोइनसहित सात विदेशी महिला पक्राउ परेबाट यस्तो आशंका उत्पन्न भएको छ । नेपाल प्रहरीका लागूऔषध नियन्त्रण ब्यूरोले ५१ केजी हेरोइनसहित सातजना विदेशी नागरिकलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको …

अवैध भए पनि किन आकर्षण छ हुण्डीमा ?

गैरकानूनी भनी चिनिने हुन्डीलार्ई जति नै कडाइ गरे तापनि यससम्बन्धी क्रियाकलाप नियमित रूपमा भइरहेको छ । आठौं शताब्दीदेखि विभिन्न व्यापारीले भारतमा सञ्चालनमा ल्याएको मानिएको यो रकमान्तर प्रक्रिया आज बैंकिङ प्रणाली सञ्चालनमा आइसक्दा समेत उत्तिकै प्रचलमा छ । हुन्डी बढी हुने ठाउँमा गैरकानूनी कार्य, अवैध धन्दा, लागूपदार्थ सम्बन्धी व्यापार, आतंकवादीलाई वित्तीय सहयोग बढी हुने अनुमान गरिन्छ । हुन्डी पठाउने देश मात्र नभएर प्राप्त गर्ने देशसमेत यस प्रकारको जोखिमको दायरामा रहेको हुन्छ । हुन्डी गैरकानूनी कालो धन शुद्धीकरण गर्ने, गैरकानूनी कार्यबाट आर्जित धनलाई कानूनी दायरामा ल्याउने, भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई चोख्याउने ठाउँ भनी चिनिन्छ । शंकास्पद गतिविधि, आपराधिक र आतंकवादी क्रियाकलापलाई आर्थिक सहयोग पुर्‍याउने माध्यम मानिन्छ, हुन्डी । यद्यपि नेपाललगायत अन्य मुलुकमा हुन्डीबाट हुने कारोबार न्यून हुन सकेको छैन । वित्तीय क्षेत्रका अब्बल व्यक्तिले नै हुन्डीलाई प्राथमिकतामा राखेको भेटिन्छ । हुन्डीको प्रयोग खाडी मुलुकबाट नेपाल रकम पठाउन मात्र प्रयोग भएको छैन, नेपालबाट विदेश पठाउन वा विकसित मुलुकबाट नेपाल रकम पठाउन पनि भएको छ । एउटा उच्च तहको व्यक्तिले आफ्ना छोराछोरीलाई अस्ट्रेलियामा घर किन्न पैसा पठाउँदा हुन्डी नै प्रयोग गरेको भेटिन्छ । हुन्डी प्राथमिकतामा पर्नुका पछाडि केही विशेष कारण रहेका छन् । सर्वप्रथम त हुन्डी सहज छ, यो प्रयोग गर्नका निमित्त न कुनै बैंक खाता हुनुपर्छ न विभिन्न मापदण्डअन्तर्गत रहनुपर्छ । हुन्डी नामक छोटो चलचित्रमा देखाएबमोजि, हुन्डीमार्फत रकम प्राप्त गर्न होस् वा पठाउनुहोस्, हुन्डी व्यवसायमा संलन व्यवसायी घरदैलोसम्म नै आइपुग्छन् । बैंकहरू लगभग सबै स्थानीय तह पुगे पनि हुन्डी लगभग सबै वार्डसम्म पुग्न सफल भएको जस्तो देखिन्छ । हुन त हुन्डीलाई विश्वासविहीन भनेर बुझिन्छ । तर, जब तल्लो घरको छोराले कतारबाट पैसा पठाउन हुन्डी प्रयोग गर्छ, माथ्लो घरको बुबाले पनि आफ्नो छोरालाई त्यही माध्यम प्रयोग गर घरमै पैसा आइपुग्नेछ भनी सुझाव दिन थाल्छन् । त्यो गाउँमा बस्नेलाई थाहा हुँदैन यो कति जोखिमयुक्त छ । बैंक जाँदा बैंकले सही मिलेन, यो भन्दा ठूलो रकम दिन मिल्दैन भनिरहेको सन्दर्भमा घरमै रकम आइपुग्दा विश्वास हुनु स्वाभाविक हो । वित्तीय साक्षरताको कमी हुनुको परिणाम शायद एउटा यो पनि हो, जसमा यसरी कारोबार गरिएको रकम र शैलीसँग आबद्ध जोखिमको अनुमानसम्म गरिएको हुँदैन । हुन्डीको बिगबिगी यसरी बढ्नुको कारण यो झमेलामुक्त रहनु हो । न कलेजको कुनै कागजात देखाउनुपर्छ, न बैंकिङ नियम र अनुपालनको पालना गर्नुपर्छ । यसबाट हुने सम्पूर्ण जोखिम एकातर्फ राखेर कारोबार गर्न सकिन्छ । यता एउटा हातमा पैसा दियो, अर्को हातले उता पैसा प्राप्त गर्छ । कुनै झन्झटको सामना कसैले गर्नु नपर्ने भएकाले यसको लोकप्रियता उच्च बिन्दुमा पुगेको बुझ्न सकिन्छ । अन्तरराष्ट्रिय भुक्तानी प्रणालीमा नेपाल अझै पनि विश्वबजारभन्दा बाहिर नै रहिआएको छ जसको पुष्टि क्रिप्टो मुद्रामा लगाइएको बन्देजले स्पष्ट पार्छ । अझै पनि हामीसँग पेपल, इक्सेलजस्तो खाताको सहज पहुँच नहुँदा यसरी हुने आम्दानीलाई नेपाल भित्र्याउनसमेत हुन्डी प्रयोग भइरहेको देखिन्छ । अन्तरराष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गत रहेर नेपालभित्र विभिन्न तरीकाले भुक्तानी गर्न सकिने भएकाले नेपाली सचेत समूहले पनि हुन्डी प्रयोग गरेको देखिन्छ । हुन्डीको बिगबिगी बढ्नुको अर्को कारण व्यावहारिक पक्षमा ध्यान नदिनु हो । रकमान्तर गर्ने कुनै संस्था यदि एउटा मुलुकमा कानूनी मान्यता पाएर बसेको छ, रकमान्तर गर्ने अनुमति लिएर बसेको छ भने त्यसलाई नेपालले कसरी हेर्छ थाहा छैन । विदेशमा रकम पठाउने उक्त एजेन्ट कानूनी मान्यता प्राप्त भइरहँदा प्रापक चाहिँ गैरकानूनी कसरी हुन्छ ? यस विषयमा हाम्रो अध्ययन कम भएको हो कि ? हुन्डी गैरकानूनी हो भने त्यो सबैतिर गैरकानूनी नै हुनुपर्ने हो । हिजो जस्तो सम्पूर्ण रकम नियामक निकायलाई जानकारी गराएर भित्रन अहिलेको विश्वव्यापी युगमा कठिन हुन सक्छ । यसमा हामीले आफ्नो स्तर उकास्ने या विश्वव्यापी मान्यतालाई प्रोत्साहित गर्ने भन्ने विषय बुझ्न जरुरी छ । हुन्डीमा आकर्षण बढ्नुको मुख्य र नकार्न नमिल्ने कारण भनेको यसको शुल्क पनि हो । औपचारिक माध्यमबाट रकमान्तर गर्दा लाग्ने शुल्क र हुन्डीको प्रयोग गर्दा लाग्ने शुल्कमा निकै अन्तर भेटिन्छ । औपचारिक माध्यमबाट रकमान्तर गर्दा तिर्नुपर्ने सेवाशुल्क, करलगायत खर्चले प्रापक र प्रेषक दुवैलाई मर्का परेको पाइन्छ । जब शुल्क न्यून हुन्छ, आकर्षण बढ्नु स्वाभाविक हो । अन्तिम कारण भनेको हुन्डीबाट गरिने कारोबारलाई सूक्ष्म निगरानीको अभाव पनि हो । यहाँ न हुन्डीमार्फत रकमान्तर गराउने व्यक्तिलाई डर छ, न उक्त कारोबार सञ्चालन गर्ने व्यवसायीलाई । यसले गर्दा यसलाई निरुत्साहित गर्ने पक्ष कमजोर र प्रोत्साहित गर्ने पक्ष बलियो देखिन्छ । विश्वमा भएका ठूलाठूला आतंकवादी कार्यमा वास्तवमै हुन्डीको महत्त्वपूर्ण भूमिका रहेको तथ्यहरूले देखाउँछ । नेपालमा पनि भारत, दक्षिण कोरियालगायत मुलुकबाट उच्च मात्रामा हुन्डी कारोबार हुने भनी जानकारी दिइएको छ, तर यसलाई नियन्त्रण गर्ने, अनुगमन गर्ने पक्षले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । महजोडीद्वारा निर्मित हुन्डी नामक छोटो फिल्मले वित्तीय सचेतना जगाउन खोजेको देखिन्छ । वित्तीय साक्षरतामा हाम्रो स्थान निकै न्यून रहिआएकाले आज वित्तीय कारोबार कसरी गर्ने, के ठीक र के बेठीक भनेर जनस्तरमा सचेतनाकै कमी रहेको छ, जसले गर्दा यस प्रकारको कार्यलाई सहयोग पुगिरहेको देखिन्छ । हुन्डी कारोबारलाई निरुत्साहित गर्न वित्तीय संस्थादेखि राज्य एक साथ भएर अगाडि बढ्न आवश्यक छ । रेग्मी बैंकर हुन् ।