कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी बर्षाको सम्भावना रहेकाले नदी तथा तटीय क्षेत्रका बासिन्दाहरु सुरक्षित रहन आग्रह गरिएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र सुर्खेतले आगामी दुई दिनसम्म ठुला नदी तथा साना सहायक नदीहरूको तल्लो तटीय, होचो तथा डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित तथा सतर्क रहन आग्रह गरिएको हो । शनिबारसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठुलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्युन च