कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम ल्याइएको दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन् ।उनले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावले यसको आन्तरिक बजार र मूल्य प्रभावित भएको जिकिर गरे । मन्त्री शर्माले पेट्रोलियम पदार्थको हाल प्रचलित बजार मूल्यमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा, डिजेलमा प्रतिलिटर २६