बढ्दो बजारमा अधिकांश जलविद्युत र वाणिज्य बैंकको शेयर सर्वाधिक सस्तो, कसको मूल्य कति ?

काठमाडौ । सेयर बजारले बुल रन समातिसक्दा पनि अझै केही कम्पनीहरूको सेयर मूल्य भने अत्यन्तै न्यून छ । विशेष गरी सेयर मूल्य कम हुने कम्पनीहरू अधिकांश जलविद्युत कम्पनी छन् भने केही वाणिज्य बैंकहरुको सेयर मूल्य पनि अत्यन्तै न्यून छ । सेयर बजारले नयाँ–नयाँ उचाइ तय गर्ने काम जारी छ । बुधवार अहिलेसम्मकै उच्च कारोबार गरेर […]

सम्बन्धित सामग्री

जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण, एक महीनामा १९.६४ % बढ्यो परिसूचक

काठमाडौं । बजार बढ्दा लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीका शेयरमा परेको छ । पछिल्लो एक महीनामा यस समूहको परिसूचक साढे १९ प्रतिशत वृद्धि भएको छ । गत मङ्सिर २८ गते जलविद्युत समूहको परिसूचक २ हजार २२० दशमलव ५९ रहेकोमा गत पुस २९ गते बढेर २ हजार ६५६ दशमलव ७७ पुगेको हो । एक महीनामा नेप्से परिसूचक भने ६ दशलमव ३१ प्रतिशत बढेको छ ।  किन बढ्यो आकर्षण ? पछिल्लो समय लगानीकर्ता दीर्घकालिन लगानीभन्दा अल्पकालीन लगानी गरिरहेका छन् । यस्ता लगानीकर्ताको रोजाइमा कम पूँजी भएका कम्पनी पर्ने गर्छन् । सोही कारण लगानीकर्ताको रोजाइमा जलविद्युत कम्पनीको शेयर परेको देखिन्छ ।  एक महीनामा सर्वाधिक कमाउनेको सूचीमा दोस्रोमा उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ता छन् । यस समूहको परिसूचक १७ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीले आकर्षक लाभांश दिने भएकाले पनि लगानीकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै लगानी समूहको परिसूचक १५ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । गत मङ्सिर २२ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीति लिएपछि शेयर बजारमा उत्साह छाउँदा बजार २ हजार १५० विन्दुसम्म पुगेको थियो ।  राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत शेयरधितो कर्जामा लगाएको १५० प्रतिशतको जोखिम भार १२५ प्रतिशतमा झारेको छ भने ब्याजदर घटाउने नीति पनि लिएको छ । सोही कारण शेयर बजारमा सकारात्मक प्रभाव परेको विज्ञ बताउँछन् । बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै बजार २ हजार ५६ सम्म आएको थियो ।  माघ महीनाका लागि बैंकहरूले पुस महीनाको तुलनामा ब्याजदर अझै घटाएका छन् । सामान्यतया ब्याजदर घटेपछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने गर्छ । यसो त ब्याजदर घटेपछि शेयर कर्जा लिनेले सस्तो ब्याजदरमा ऋण पाउँछन्, जसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने देखिन्छ ।  एक महीनामा जीवन बीमा समूहको परिसूचक भने १ दशमलव ४७ प्रतिशत घटेको छ । नेपाल बीमा प्राधिकरणले प्रिमियमबापतको रकमबाट लाभांश वितरण गर्न नपाउने घोषणा गरेसँगै यस समूहका कम्पनीको शेयर मूल्य ओरालो लागेको देखिन्छ । त्यस्तै दोस्रोमा वाणिज्य बैंक समूहको परिसूचक शून्य दशमलव ८५ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीको शेयर भोल्यूम बढी हुने भएकाले पछिल्लो समय लाभांशदर घट्दै गएको र त्यही कारण लगानीकर्ताको रोजाइमा नपरेको विज्ञ बताउँछन् ।  स्रोत : नेप्से ।

जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण, एक महीनामा १९.६४ % बढ्यो परिसूचक

काठमाडौं । बजार बढ्दा लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीका शेयरमा परेको छ । पछिल्लो एक महीनामा यस समूहको परिसूचक साढे १९ प्रतिशत वृद्धि भएको छ । गत मङ्सिर २८ गते जलविद्युत समूहको परिसूचक २ हजार २२० दशमलव ५९ रहेकोमा गत पुस २९ गते बढेर २ हजार ६५६ दशमलव ७७ पुगेको हो । एक महीनामा नेप्से परिसूचक भने ६ दशलमव ३१ प्रतिशत बढेको छ ।  किन बढ्यो आकर्षण ? पछिल्लो समय लगानीकर्ता दीर्घकालिन लगानीभन्दा अल्पकालीन लगानी गरिरहेका छन् । यस्ता लगानीकर्ताको रोजाइमा कम पूँजी भएका कम्पनी पर्ने गर्छन् । सोही कारण लगानीकर्ताको रोजाइमा जलविद्युत कम्पनीको शेयर परेको देखिन्छ ।  एक महीनामा सर्वाधिक कमाउनेको सूचीमा दोस्रोमा उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ता छन् । यस समूहको परिसूचक १७ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीले आकर्षक लाभांश दिने भएकाले पनि लगानीकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै लगानी समूहको परिसूचक १५ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । गत मङ्सिर २२ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीति लिएपछि शेयर बजारमा उत्साह छाउँदा बजार २ हजार १५० विन्दुसम्म पुगेको थियो ।  राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत शेयरधितो कर्जामा लगाएको १५० प्रतिशतको जोखिम भार १२५ प्रतिशतमा झारेको छ भने ब्याजदर घटाउने नीति पनि लिएको छ । सोही कारण शेयर बजारमा सकारात्मक प्रभाव परेको विज्ञ बताउँछन् । बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै बजार २ हजार ५६ सम्म आएको थियो ।  माघ महीनाका लागि बैंकहरूले पुस महीनाको तुलनामा ब्याजदर अझै घटाएका छन् । सामान्यतया ब्याजदर घटेपछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने गर्छ । यसो त ब्याजदर घटेपछि शेयर कर्जा लिनेले सस्तो ब्याजदरमा ऋण पाउँछन्, जसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने देखिन्छ ।  एक महीनामा जीवन बीमा समूहको परिसूचक भने १ दशमलव ४७ प्रतिशत घटेको छ । नेपाल बीमा प्राधिकरणले प्रिमियमबापतको रकमबाट लाभांश वितरण गर्न नपाउने घोषणा गरेसँगै यस समूहका कम्पनीको शेयर मूल्य ओरालो लागेको देखिन्छ । त्यस्तै दोस्रोमा वाणिज्य बैंक समूहको परिसूचक शून्य दशमलव ८५ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीको शेयर भोल्यूम बढी हुने भएकाले पछिल्लो समय लाभांशदर घट्दै गएको र त्यही कारण लगानीकर्ताको रोजाइमा नपरेको विज्ञ बताउँछन् ।  स्रोत : नेप्से ।

आयोजना प्रभावित स्थानीयमा चिरख्वा हाइड्रोपावरको आईपीओ आजसम्म मात्र विक्रीमा रहने

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि  निष्कासन गरेको आईपीओ आयोजना प्रभावित स्थानीयले खरीद गर्ने आज  अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने भदौ १० गतेसम्म आईपीओ निष्कासन गरेकोे थियो । कम्पनीले दोस्रो चरणमा जारी हुने सर्वसाधारणतर्फको शेयरको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि विक्री गरेको हो । स्थानीयमा भने भदौ १० गतेसम्म माग बमोजिम आवेदन नपरेपछि भदौ २५ गतेसम्मको मिति तय गरेको थियो । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ विक्री गरेको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । योे आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताका लागि १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।  यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

साउन २८ देखि आईपीओ विक्री गर्दै चिरख्वा हाइड्रोपावर

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो । भोजपुरका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।  कम्पनीले दोस्रो चरणमा जारी हुने सर्वसाधारणतर्फको शेयरको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि विक्री गर्न लागेको हो । योे आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । स्थानीयमा आईपीओ विक्री अवधि छिटोमा भदौ १० गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २५ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने भदौ १० गतेभित्र आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । स्थानीयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।  यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।

थ्रीस्टार हाईड्रोपावरको आईपीओ स्थानीयमा आजसम्म मात्र विक्रीमा रहने

काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेड (Three Star Hydropower Limited)ले वैशाख ११ गतेदेखि विक्रीमा ल्याएको आईपीओ (IPO) खरीदका लागि स्थानीयले आजसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित स्थानीयमा ४ लाख ९२ हजार ५०० कित्ता आईपीओ विक्री खुला गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि आईपीओ विक्री खुला गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा वैशाख २५ गतेसम्म आईपीओ विक्री गरेको थियो । दोस्रो चरणमा सर्वसाधारणमा विक्री हुने १५ प्रतिशत शेयरमध्ये १० प्रतिशत दरको ७३ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको हो ।  आयोजना प्रभावित स्थानीयमा जारी हुने शेयर खरीदका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीयमा जारी गरिएको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्म माग गर्न सकिनेछ ।  कम्पनीको आईपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आयोजना प्रभावित स्थानीयले खोटाङमा रहेको सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंकको शाखा कार्यालयबाट आवेदन प्राप्त गर्न र पेस गर्न सक्नेछन् । साथै कम्पनीको आयोजना स्थलको कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले इक्रा एनपी इस्यूअर बी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यस कम्पनीले खोटाङमा ६ दशमलव ६ मेगावाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ पुस २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल निर्माण लागत १ अर्ब ३९ करोड रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ६ लाख रुपैयाँ छ ।

थ्रीस्टार हाईड्रोपावरको आईपीओ स्थानीयमा जेठ ९ गतेसम्म विक्रीमा रहने

काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि स्थानीयले जेठ ९ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत शेयर विक्री गर्न अनुमति पाएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत सर्वसाधारणमा १५ प्रतिशत शेयर विक्री गर्नेछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत दरको ४ लाख ९२ हजार ५०० कित्ता र दोस्रो चरणमा विक्री हुने १५ प्रतिशत शेयरमध्ये १० प्रतिशत दरको ७३ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो । आयोजना प्रभावित स्थानीयमा जारी हुने शेयर खरीदका लागि खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका बासिन्दा र दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ देखि ७ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।  आयोजना प्रभावित स्थानीयमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८७५ कित्ता शेयर माग गर्न सकिनेछ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले खोटाङमा रहेको सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक एवं प्रभु बैंकको शाखा कार्यालयबाट आवेदन प्राप्त गर्न र पेश गर्न सक्नेछन् । साथै कम्पनीको आयोजना स्थलको कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तीनका तोकिएको कार्यालयसँगै मेरो शेयर एप प्रयोग गरी आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराईएको रेटिङमा इक्रा नेपालले इक्रा एनपी इस्यूअर बी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यस कम्पनीले खोटाङ जिल्लामा ६ दशमलव ६ मेगावाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल पुस २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । आयोजनाको कुल निर्माण लागत १ अर्ब ३९ करोड रूपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ६ लाख रूपैयाँ रहेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

थ्रीस्टार हाईड्रोपावरको पहिलो चरणको आईपीओ विक्रीमा

काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेड (Three Star Hydropower Limited) ले आजदेखि पहिलो चरणको आईपीओ (IPO) विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्न लागेको हो ।  नेपाल धितोपत्र बोर्ड (Sebon)बाट कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशत शेयर विक्री गर्न अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी समेत सर्वसाधारणमा १५ प्रतिशत शेयर कम्पनीले विक्री गर्नेछ ।  पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत दरको ४ लाख ९२ हजार ५०० कित्ता र दोस्रो चरणमा विक्री हुने १५ प्रतिशत शेयरमध्ये १० प्रतिशत दरको ७३ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो । आयोजना प्रभावित स्थानीयमा जारी हुने शेयर खरीदका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका वासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।  आयोजना प्रभावित स्थानीयमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८७५ कित्ता शेयर माग गर्न सकिनेछ । यो आईपीओ स्थानीयमा छिटोमा वैशाख २५ गतेभित्र विक्री बन्द हुनेछ भने छिटो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि जेठ ९ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने वैशाख २५ गतेसम्म आवेदन दिईसक्नुपर्नेछ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धसँगै आयोजना प्रभावित स्थानीयले खोटाङमा रहेको सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंकको शाखा कार्यालयबाट आवेदन प्राप्त गर्न र पेश गर्न सक्नेछन् । साथै कम्पनीको आयोजना स्थलको कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर प्रयोग गरी आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले इक्रा एनपी इस्यूअर बि माईनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यस कम्पनीले खोटाङमा ६ दशमलव ६ मेगावाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ पुस २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल निर्माण लागत १ अर्ब ३९ करोड रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ६ लाख रुपैयाँ छ ।

१०६१ मेगावाटको अपर अरुणमा एचआइडिसिएलको नेतृत्वमा ५३ अर्ब लगानी गर्न सम्झौता

अपर अरुण जलविद्युत आयोजनाको लागि लगानी जुटाउने विषयमा आज सैद्धान्तिक सम्झौता भएको छ।  हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को नेतृत्वमा ५३ अर्ब १४ करोड लगानीको लागि सैद्धान्तिक सम्झौता भएको हो ।  आज साँझ  नयाँ बानेश्वर स्थित होटेल एभरेष्टमा उर्जा मन्त्री पम्फा भुषालको उपस्थितिमा सम्झौता भएको हो ।  नेपाल विद्युत प्राधिकरणले अपर अरुण जलविद्युत आयोजना निर्माणको लागि अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेड नामक कम्पनी स्थापना गरेको छ।  अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेड र एचआइडिसिएलबीच आज सम्झौता भएको हो ।एचआइडिसिएलको अगुवाईमा आयोजनाको लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषले ऋण लगानी गर्ने छन् । यी ४ संस्थाले ५३ अर्ब १४ करोड जुटाउने गरि आज सैद्धान्तिक सम्झौता भएको हो । यसमा अन्य कम्पनीलाई जोड्दै जाने र त्यसपछि मात्र ऋण सम्झौता हुने बताईएको छ । आयोजनामा लगानी गर्न निफ्रा र नेपाल टेलिकम पनि इच्छुक छन् । १ हजार ६१ मेगावाटको यस आयोजनाको लागि २ खर्ब १४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । जसमा ५३ अर्ब स्थानीय बैंक तथा वित्तीय संस्थाबाट जुटाइने छ । ९७ अर्ब रुपैयाँ विदेशी लगानी रहनेछ भने ६४ अर्ब रुपैयाँ शेयर लगानी रहने छ । आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहने छ ।  माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंक, एशियाली पूर्वाधार लगानी बैंकलगायतका बहुपक्षीय दातृ निकाय पनि तयार छन् । उर्जा मन्त्रालयले यस आयोजनाको लागि लगानी ब्यबस्थापनको जिम्मा एचआइडिसिएललाई दिएको थियो । अपर अरुण जलविद्युत आयोजना नेपाल सरकारबाट जलविद्युत आयोजनाहरुमध्ये रुपान्तरणकारी आयोजनाको (Game Changer Project) रुपमा घोषित अपर अरुण जलविद्युत आयोजना (१०६१ मे.वा.) नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो-इलेक्ट्रिक कम्पनीबाट प्रवर्धन तथा विकास भईरहेको छ।संखुवासभा जिल्ला भोटखोला गाउँपालिकामा अवस्थित यस पिकिंग रन-अफ-रिभर आयोजनाको हाल सम्मको अध्ययन अनुसार अरुण नदीमा १८३ मी. लामो र करिव १०० मी. उचाईको बाँध निर्माण गरी ८.५ कि.मी. लामो सुरुङ्ग मार्फत पानी ल्याई छोग्राक स्थीत भूमिगत जलबिद्युतगृहमा खसालिने छ । आयोजनाबाट बार्षिक करिव ४५१२ GWh अर्थात ४ अर्ब ५१ करोड युनिट विद्युत उत्पादन हुनेछ । जसमध्ये करिव ३०% सुक्खायाममा उत्पादन हुनेछ । उत्पादित विद्युतलाई पावर हाउसदेखि करिव ६ कि.मी. ४०० के.भी. डबल सर्किटको प्रशारण लाइन निर्माण गरी हाइटार संखुवासभा स्थीत सबस्टेसनमा जोडिने योजना रहेको छ । हाल सम्मको अध्ययन अनुसार आयोजनाको कुल लागत १७५० MUSD (२ खर्ब १४ अर्ब नेपाली रुपैया) रहेको छ ।सन् २०२४ को अन्त्य तिर शुरु भई सन् २०३० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको हाल सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई टेन्डर डिजाईन तथा निर्माण सुपरिवेक्षण कार्यको लागि परामर्शदाता छनौट गर्ने कार्य भईरहेको छ । आयोजनाको पूर्व तयारी कार्य मध्ये आयोजनाको २१ कि.मि. लामो पहुँचमार्ग निर्माण कार्यको लागि बोलपत्रदाता छनौट गर्न प्राप्त बोलपत्रहरुको मुल्यांकन कार्य भईरहेको छ भने आयोजनाको लागि आवश्यक करिव २२५ हेक्टर जग्गाको मुआब्जा निर्धारण भई वितरण गर्ने क्रममा रहेको छ । आयोजनाबाट करिव २२ घरधुरी भौतिक रुपमा बिस्थापित हुनेछन भने आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभावहरु तुलनात्मक रुपमा न्यून रहेको अध्ययनबाट देखिएको छ । पहुँच मार्गको निर्माण कार्य सन् २०२३ को पुर्वार्धबाट शुरु गर्ने योजना रहेको छ । जलविद्युतको विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्व भाव कायम गरि आन्तरिक पुँजिबजारको माध्यमबाट प्रत्येक नेपाली नागरिकलाई जलविद्युत आयोजनाको विकास हेतु शेयर लगानी गर्ने अवसर प्रदान गर्ने र त्यसको समुचित प्रतिफल प्राप्त गर्ने अवसर तयार गर्न सरकारले यस आयोजनालाई जनताको जलविद्युत कार्यक्रम 'नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी' मा समावेश गरेको छ ।

बुधवारको बजारमा सबैभन्दा बढी जलविद्युत् समूहको कारोबार : अपि पावर अग्रस्थानमा

पुस २१, काठमाडौं । निरन्तर चार दिन बढेको बजार बुधवार १ दशमलव १५ प्रतिशतले घट्दा रू. ४ अर्ब ६२ करोड १५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।  कुल कारोबारमा यसदिन जलविद्युत् कम्पनीहरुको सर्वाधिक हिस्सा रहेको छ । यस दिन जलविद्युत् कम्पनीहरुको रू. १ अर्ब ३० करोड ८७ लाख १८ हजार बराबरको ३० लाख १४ हजार ७४० कित्ता शेयर खरीदविक्री भएको छ ।  जलविद्युत् कम्पनीहरुमध्ये पनि यो दिन अपि पावर कम्पनीको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । अपि पावरको रू. १६ करोड ७४ लाख ८ हजार बराबरको ३ लाख ५० हजार ४६३ कित्ता शेयर कारोबार भएको हो । कम पूँजी भएका जलविद्युत कम्पनीहरुको शेयरप्रति पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । सूचीकृत कम्पनीहरु मध्य बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुको नीतिगत व्यवस्थाहरु परिमार्जन भइरहने हुँदा बजारमूल्यमा पनि समय समयमा प्रभावित भइरहेको देखिएको छ ।  जलविद्युत् कम्पनीको लागि भने पछिल्लो समय विद्युत् नियमन आयोगले नीतिगत व्यवस्था गर्दै आएको छ । त्यस अघि नियामक निकाय नहुँदा टुहुरो जस्तो बनेको जलविद्युत् कम्पनीहरुका लागि पछिल्लो समय विद्युत् नियमन आयोगले केही नयाँ व्यवस्थाहरु लागू गरेको छ ।  जलविद्युत् कम्पनीहरुले आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था नियमन आयोगले लागू गरेको हो ।  सो व्यवस्था अनुसारनै कतिपय जलविद्युत् कम्पनीहरुले हकप्रद शेयर निष्कासनमा जोड दिएका छन् । लगानीकर्ताहरु पनि जलविद्युत् कम्पनीहरुको हकप्रद शेयरलाईनै प्राथमिकतामा राखेर शेयर खरीद गरेको जानकारी दिन्छन् ।  हाल धितोपत्र दोस्रो बजारमा ४४ ओटा जलविद्युत् कम्पनीहरु सूचीकृत रहेका छन् । जलविद्युत् समूहपछि यस दिन वाणिज्य बैंक समूहहरुको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । वाणिज्य समूहको भने यस दिन रू. ७८ करोड ३३ लाख ५१ हजार बराबरको शेयर कारोबार भएको हो ।

कुल कारोबारमा वाणिज्य बैंक समूहको हिस्सा २१.७३ %, जलविद्युत् समूहको सर्वाधिक

कात्तिक ९, काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सर्वाधिक हिस्सा ओगटेको बैंकिङ्ग समूहको मंगलवार रू. १ अर्ब ३७ करोड २८ लाख ५७ हजार बराबरको शेयर कारोबार भएको छ ।  १६ हजार १४ पटकको व्यापारमा यो दिन बैंकिङ्ग समूहको २५ लाख १९ हजार २११ कित्ता शेयर खरीदविक्री भएको हो । कुल कारोबारमा मंगलवार वाणिज्य बैंकको हिस्सा २१ दशमलव ७३ प्रतिशत रहेको छ । बजारमा सर्वाधिक पूँजीकरणको हिस्सा ओगटेको बैंकिङ समूहमा भने बजारले ३ हजार २०० विन्दु पार गर्दा समेत उत्साह देखिएको छैन। यतिबेला धेरै जसो बैंकहरुले लाभांश सार्वजनिक गरिसक्दा पनि कारोबारमा भने उत्साहक अन्य समूहको तुलनामा कमनै देखिएको छ ।  मंगलवार कारोबारमा सर्वाधिक हिस्सा जलविद्युत् समूहले ओगटेको छ । जलविद्युत समूहको यस दिन रू. १ अर्ब ६० करोड ४८ लाख ६ हजार बराबरको ३३ लाख ३६ हजार ४३५ कित्ता शेयर कारोबार भएको छ । यो दिन कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा २५ दशमलव ४० प्रतिशत रहेको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये २६ ओटा वाणिज्य बैंकहरु रहेका छन् भने ४१ जलविद्युत् कम्पनीहरु रहेका छन् । पछिल्लो समय जलविद्युत् समूहका कम्पनीहरु धितोपत्र दोस्रो बजारमा थपिने क्रम जारी रहेको छ । कम पूँजी भएका जलविद्युत् कम्पनीहरुको शेयरप्रति बजारले गति लिन थालेसँगै लगानीकर्ताहरुको आकर्षण बढ्ने थालेको हो । विगतका दिनहरुमा अंकितमूल्यभन्दा कम मूल्य रहेका जलविद्युत् कम्पनीहरुको शेयरमूल्य हाल रू. ५०० को हाराहारीमा पुगेको छ । मंगलवार मात्र उच्च दरमा शेयरमूल्य बढ्ने २० कम्पनीहरुमध्ये १७ ओटा जलविद्युत् कम्पनीहरु रहेका छन् ।