अजोड इन्स्योरेन्सको नाफा १४ प्रतिशतले वृद्धि

चालु आवको दोस्रो त्रैमासको अवधिमा अजोड इन्स्योरेन्स कम्पनीको खुद नाफा १३.९१ प्रतिशतले बढेको छ ।कम्पनीले यस अवधिमा ४ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको खुद बिमाशुल्क ९.१५ प्रतिशतले बढेको छ ।इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा […]

सम्बन्धित सामग्री

अजोड इन्स्योरेन्सको छ महिनामा खुद नाफा १० करोड २० लाख

अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा खुद नाफा १० करोड २० लाख रुपैयाँ गरेको छ । कम्पनीको हालै सम्पन्न चौथो वार्षिक साधारणसभा सो जानकारी दिइएको हो ।

अजोड इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न, ६०.३३% ले बढ्यो नाफा

काठमाडौं। अजोड इन्स्योरेन्सको नाफा ६० प्रतिशतले बढेको छ। शनिबार सम्पन्न चौथो वार्षिक साधारणसभामा कुल बीमाशुल्क आर्जन र खुद नाफा

अजोड इन्स्योरेन्सको खुद नाफामा ६०.३३ प्रतिशत वृद्धि

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस तथा सोको कारणबाट भएको असरले समग्र अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका बावजुद कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा कुल बीमा शुल्क रु १.३१ अर्ब आर्जन गरेको छ। त्यस्तै कम्पनीले खुद नाफा रु १०.२० करोड गरेको र बीमा कोषमा रु ११.२१ […]

अजोड इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन ६ गते हुने, बुक क्लोज कहिले ?

काठमाडौं, १८ माघ । अजोड इन्सुरेन्सले फागुन ६ गते वार्षिक साधारण सभा बोलाएको छ । भर्चुअल माध्यम मार्फत हुने सभा त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक […]

अजोड इन्स्योरेन्सको नाफा १४ प्रतिशतले वृद्धि, ६ महिनामा ४ करोड ६३ लाख खुद नाफा

काठमाडौं। अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ खुद

अजोड इन्स्योरेन्सको नाफा यस वर्ष १४ % बढ्यो, ७९ करोडभन्दा बढी बीमाशुल्क आर्जन

माघ १८, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड ६३ लाख खुद नाफा गरेको छ ।  गत वर्ष यो अवधिसम्म कम्पनीले रू. ४ करोड ६ लाख यो नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा १४ दशमलव शून्य ४ प्रतिशत बढेको हो ।  यस वर्ष कम्पनीले १५ दशमलव ७० प्रतिशत बढी आम्दानी गरेको छ भने १७ दशमलव ७२ प्रतिशत बढी खर्च गरेको छ । रू. ८ करोड ५५ लाख आम्दानी गरेको कम्पनीले रू. ३ करोड ९२ लाख खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. ११ करोड ८० लाख छ । गत वर्षको तुलनामा जगेडा कोष रकम ७७ दशमलव ९८ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ६ करोड ६३ लाख थियो । कम्पनीको बीमा कोष रकम पनि गत वर्षभन्दा ६३ दशमलव ६० प्रतिशत बढेको छ । गत वर्ष रू. ८ करोड २७ लाख रहेको बीमा कोष रकम यस वर्ष रू. १३ करोड ५३ लाख पुगेको छ । गत वर्षभन्दा १६ दशमलव शून्य ९ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्षभन्दा ६९ दशमलव शून्य ६ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ । यस वर्ष कम्पनीले रू. ७९ करोड २१ लाख कुल बीमाशुल्क आर्जन गरेकोमा रू. ३५ करोड ८ लाख कुल दाबी भुक्तानी गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव ४० रहेको छ ।

अजोड इन्स्योरेन्सको साधारणसभा आह्वान

अजोड इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन ६ गते साधारणसभा गर्न लागेको हो ।सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतका प्रतिवेदन पारित गर्ने,  लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्ताव पेश हुने छन्। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन  ।कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा लिन सक्ने छन्  ।

अजोड इन्स्योरेन्सको नाफा ४९.७४ % ले बढ्यो, बीमा कोषमा ११ करोडभन्दा बढी

साउन २९, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४९ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ६ करोड ३६ लाख २० हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ९ करोड ५२ लाख ६८ हजार पुगेको हो । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको आम्दानी १८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने जगेडामा रू. ९ करोड ८ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीले बीमा कोषमा रू. ११ करोड सञ्चित गरेको छ ।  गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ३० करोड ४४ लाख बीमाशुल्क आर्जन गरेको छ । गत आवको तुलनामा गत आवमा बीमाशुल्क ४७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ५२, मूल्य आम्दानी अनुपात ८५ दशमलव ४० र प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव १० रहेको छ ।                                                        स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण

अजोड इन्स्योरेन्स कम्पनीको नाफा ७३% ले वृद्धि

अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गर्न सफल भएको छ । पछिल्लो समय आएका तीन नयाँ निर्जीवन बिमा कम्पनी र केही पुराना कम्पनीलाई नै उछिनेर कम्पनीले निर्जीवन बिमा व्यवसायमा छलाङ मार्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ६० […]