साउन २९, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४९ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ६ करोड ३६ लाख २० हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ९ करोड ५२ लाख ६८ हजार पुगेको हो । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको आम्दानी १८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने जगेडामा रू. ९ करोड ८ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीले बीमा कोषमा रू. ११ करोड सञ्चित गरेको छ ।
गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ३० करोड ४४ लाख बीमाशुल्क आर्जन गरेको छ । गत आवको तुलनामा गत आवमा बीमाशुल्क ४७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ५२, मूल्य आम्दानी अनुपात ८५ दशमलव ४० र प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव १० रहेको छ ।
स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण