अजोड इन्स्योरेन्सको छ महिनामा खुद नाफा १० करोड २० लाख

अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा खुद नाफा १० करोड २० लाख रुपैयाँ गरेको छ । कम्पनीको हालै सम्पन्न चौथो वार्षिक साधारणसभा सो जानकारी दिइएको हो ।

सम्बन्धित सामग्री

नेपाल हाइड्रो डेभलोपरको नाफा ९० प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९० प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. २ करोड १ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ३ करोड ८३ लाख पुगेको छ । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी र अन्य आम्दानी बढेकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ९ करोड ४२ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. १० करोड ५ लाख पुगेको छ । त्यस्तै कम्पनीले अन्य स्रोतमार्फत रू. २० लाख ६० हजार आम्दानी गरेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ३३ करोड ५९ लाख छ । कम्पनीले जगेडामा रू. ४ करोड २७ लाख सञ्चिति गरेको छ । गत आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३० पैसा (वार्षिक) रहेकोमा गत आवमा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३३ दशमलव ०६ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११२ दशमलव ७२ छ ।

प्रिमियममा आईपीओ जारी गर्न लागेको आईएमई लाइफको नाफा करीब ७९ प्रतिशत बढ्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (IME Life Insurance Company Limited)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १८ करोड २४ लाखभन्दा बढी खुद नाफा (Net Profit) गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ७८ दशमलव ८८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १० करोड १९ लाखभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।  यस वर्ष कम्पनीको आम्दानी ५२ दशमलव ३० प्रतिशत बढेको छ । गत वर्ष रू. १६ करोड २२ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २४ करोड ७० लाखभन्दा बढी आम्दानी गरेको हो । खर्च भने गत वर्ष रू. ६ करोड २ लाखभन्दा बढी खर्च गरेको कम्पनीले रू. ६ करोड ४५ लाखभन्दा बढी खर्च गरेको हो । तेस्रो त्रैमाससम्म कम्पनीले गत वर्षभन्दा २२ प्रतिशत बढी कुल बीमा शुल्क (Premium) आर्जन गरेको छ । गत वर्ष रू. २ अर्ब ४४ करोड ७३ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. २ अर्ब ९८ करोड ५८ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी भने गत वर्षभन्दा ३० दशमलव ८८ प्रतिशत बढी भएको हो । गत वर्ष रू. ६३ करोड ७७ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ८३ करोड ४७ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी (Paid up Capital) रू. २ अर्ब ८० करोड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू. १७६ थप गरी प्रतिकित्ता रू. २७६ मूल्यमा १ करोड २० लाख कित्ता आईपीओ (IPO) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (Sebon)मा चैत २७ गते निवेदन दिएको छ । आईपीओपछि कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब पुग्नेछ । यस कम्पनीलाई नेपाल बीमा प्राधिकरण (Nepal Insurance Authority)ले कायम गरेको चुक्ता पूँजीको व्यवस्था अनुसार रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । आईपीओ पछि कम्पनीलाई थप रू. १ अर्ब चुक्ता पूँजी आवश्यक हुनेछ । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १० करोडभन्दा बढी रहेको छ । जीवन बीमा कोषमा रू. ६ अर्ब ७ करोडभन्दा बढी रहेको कम्पनीले बीमालेख धितोमा रू. ५६ करोड ५८ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ६७ रहेको छ ।

९ महीनामा आँधिखोला लघुवित्तले कमायो ३ करोड ४८ लाखभन्दा बढी नाफा

वैशाख २०, काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनामा रू. ३ करोड ४८ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  कम्पनीले यस वर्ष गत वर्षको भन्दा १९ दशमलव ८६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ९० लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष सञ्चालन नाफा १८ दशमलव ३१ प्रतिशत बढी रू. ४ करोड ४७ लाख भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ३६ दशमलव ९५ प्रतिशत बढेर रू. ९ करोड ५५ लाख कायम भएको छ ।  कम्पनीले यस वर्ष २३ प्रतिशत बढी कर्जा सापटी लिएको छ भने २८ दशमलव ३९ प्रतिशत बढी कर्जा प्रवाह गरेको हो । यस वर्ष कम्पनीले रू. ६९ करोड ४५ लाखभन्दा बढी कर्जा सापटी लिएको हो भने रू. १ अर्ब ३३ करोड ७१ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो ।  निक्षेप संकलन भने गत वर्षभन्दा २३ दशमलव ७७ प्रतिशत बढी रू. ४५ करोड २० लाख भएको छ । गत वर्ष ४ दशमलव ३९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ४६ प्रतिशतमा झरेको छ ।  कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४६ दशमलव ४४ र प्रतिशेयर नेटवर्थ रू. १९५ दशमलव ५५ रहेको छ ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको श्रृजनशील लघुवित्तको वित्तीय अवस्था :

पुस १३, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ३ लाख ३७ हजार २५ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।  उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृति पाएपछि मात्र उक्त आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. १० करोड ३७ लाख पुग्नेछ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १ करोड ६१ लाख ३७ हजार खुद नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १९ प्रतिशत वृद्धि भएको हो ।  कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू. १ करोड ३४ लाख ६१ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनमा चालू आवमा २२ प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. १३ करोड ७४ लाख ४० हजार सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. १ अर्ब ८ करोड १४ लाख २१ हजार सापटी लिएर रू. ७० करोड २० लाख ८२ हजार निक्षेप संकलन गरेर रू २ अर्ब ८ लाख कर्जा लगानी गरेको छ । कम्पनीको मुख्य कार्यालय सिराहको गोलबजारमा रहेको छ । हालसम्ममा कम्पनीले ३१ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।                                                                           स्रोत : कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण