अजोड इन्स्योरेन्सको साधारणसभा आह्वान

अजोड इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन ६ गते साधारणसभा गर्न लागेको हो ।सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतका प्रतिवेदन पारित गर्ने,  लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्ताव पेश हुने छन्। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन  ।कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा लिन सक्ने छन्  ।

सम्बन्धित सामग्री

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पारित

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई लाभांश वितरणका लागि गरेको प्रस्ताव पारित भएको छ । कम्पनीको मर्जरपछिको पहिलो साधारणसभाका रूपमा रहेको ३०औँ वार्षिक साधारणसभाले लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।  कम्पनीको हाल कायम...

युनाइटेड अजोड इन्स्योरेन्सको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले युनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ । कम्पनीले सेयर रजिस्ट्रारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले यही जेठ १४ गते आइतबारबाट युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए । अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख, सेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक […]

अजोड इन्स्योरेन्सको विशेष साधारण सभाद्वारा मर्जर सम्बन्धी प्रस्ताव पारित

अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा यूनाइटेड वर्ल्ड ट्रेड सेन्टर अमन हल तेस्रो तल्लामा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले अजोड र यूनाइटेड इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने, गाभिने र मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यी दुई कम्पनी गाभिएपछि बन्ने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड कायम हुनेगरी सो […]

यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकापसमा गाभिने

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनी एकापसमा गाभिने भएका छन् । मंगलवारका दुई कम्पनी एकापसमा गाभ्न तथा गाभिने सहमति पत्रमा हस्ताक्षर भएको हो ।   उक्त सहमतिपत्रमा युनाइटेड इन्स्योरेन्सको तर्फबाट संचालक तथा

अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

अजोड इन्स्योरेन्स कम्पनीले सेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच सेयर रजिष्ट्रार सेवाका लागि सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत अश्विनबाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

वार्षिकोत्सवको अवसरमा अजोड इन्स्योरेन्सको रक्तदान तथा खाद्यान्न सहयोग

यस अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सव रक्तदान तथा वृद्धवृद्धालाई सहयोग गरेर मनाएको छ । कम्पनीले आयोजना गरेको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको गोंगबुमा रहेको हिमालयन...

अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिका बीच सम्झौता

अजोड इन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकासँग सम्झौता गरेको छ। इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिका धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अशिष महतोले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।...

पर्वतको जलजलामा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडले पर्वतको जलजला गाउँपालिका– ७ धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ। जलजला गाउँपालिका वडा नं ७ का अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख विक्रम ढुंगानाले गरेका थिए। कार्यक्रममा अजोड इन्स्योरेन्स प्रधान कार्यालयका कृषि विभाग प्रमुख दीपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व […]

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियुक्त

काठमाडौँ / अजोड इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । कम्पनीले धितोपत्र सम्बन्धी अभिले राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका