अजोड इन्स्योरेन्सको खुद नाफामा ६०.३३ प्रतिशत वृद्धि

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस तथा सोको कारणबाट भएको असरले समग्र अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका बावजुद कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा कुल बीमा शुल्क रु १.३१ अर्ब आर्जन गरेको छ। त्यस्तै कम्पनीले खुद नाफा रु १०.२० करोड गरेको र बीमा कोषमा रु ११.२१ […]

सम्बन्धित सामग्री

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १२८ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ४ करोड ८५ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ११ करोड ८ लाख पुगेको छ । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा पनि बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल आम्दानी १६५ प्रतिशत वृद्धि हुँदा गत आवमा कम्पनीको कुल आम्दानी रू. ६८ करोड ६३ लाख रहेकोमा चालू आवमा बढेर रू. १ अर्ब ८२ करोड पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब १८ करोड छ । पहिलो त्रैमाससम्ममा कम्पनीले रिटेन्ड अर्निङमा रू. ८२ करोड ४६ लाख र महाविपत्ति कोषमा रू. १० करोड ७५ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको जीवन बीमा कोषमा रू. ११ अर्ब ८२ करोड छ । त्यस्तै कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा रहेकोमा चालू आवमा बढेर १० रुपैयाँ ६० पैसा पुगेको छ । चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ९१ गुणा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ७६ पैसा छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १८.५०% बढ्यो, नाफामा २९% को वृद्धि

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा २९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म इन्स्योरेन्सले ४० करोड १४ लाख

यस वर्ष सिटीजन लाइफ इन्स्योरेन्सको बीमाशुल्क ५२% बढ्यो

वैशाख ३०, काठमाडौं । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमाशुल्क गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा कुल रू. १ अर्ब ३७ करोड बीमाशूल्क आर्जन गरेकोमा चालू आवमा बढेर रू. ३ अर्ब ७९ करोड बीमाशुल्क आर्जन गरेको थियो ।  कम्पनीले हालसम्ममा भने कुल रू. १० अर्ब ८६ करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी कम्पनीको नाफामा भने सामान्य बढेको छ । कम्पनीले गत आवमा रू. १४ करोड ५७ लाख नाफा कमाएकोमा चालू आवमा रू. १४ करोड ६३ लाख पुगेको हो ।  कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७५ करोड रहेको छ भने जगेडामा रू. ८३ करोड ३९ लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा रू. ५ अर्ब ५३ करोड जम्मा भएको छ । यो बीमाकोष गत आवको तुलनामा ८३ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीको बीमाकोषमा रू. ३ अर्ब १ करोड थियो ।

नेको इन्स्योरेन्सको खुद नाफा १५ करोड २ लाख

फागुन १, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेको इन्स्योरेन्स लिमिटेडले रू. १५ करोड २ लाख खुद नाफा गरेको छ ।  गत वर्षभन्दा यस वर्ष दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ४३ दशमलव ११ प्रतिशतले घटेको हो । गत वर्ष उक्त अवधिसम्म कम्पनीले रू. २६ करोड ४० लाख खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी ४० दशमलव ७७ प्रतिशत कम भएकाले खुद नाफामा कमी आएको हो ।  गत वर्ष रू. ४३ करोड आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २५ करोड ४७ लाख मात्र आम्दानी गरेको हो । खर्च रकम पनि गत वर्षभन्दा ३७ प्रतिशत घटेको छ । कम्पनीले गत वर्ष रू. १६ करोड ६० लाख खर्च गरेकोमा यस वर्ष रू. १० करोड ४५ लाख मात्र खर्च गरेको छ । १५ दशमलव ५० प्रतिशत बोनस शेयर मार्फत पूँजी वृद्धि गरी रू. १ अर्ब ५२ करोड १६ लाख कायम गरेको कम्पनीले यस वर्ष १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस वर्ष कम्पनीको जगेडा कोष रकम १६ दशमलव ७३ प्रतिशत कम रू. ५३ करोड ५६ लाख कायम भएको छ । बीमा कोष रकम भने २१ दशमलव ८९ प्रतिशत बढेर रू. १ अर्ब १७ करोड ४५ लाख पुगेको छ ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष १६ दशमलव १९ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ५८ करोड ५७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ३३ दशमलव ७१ प्रतिशत बढी अर्थात् रू. ५९ करोड ६ लाख कुल दाबी भुक्तानी गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव ७५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २१७ दशमलव ४० रहेको छ ।

ज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको २०७८/०७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।अघिल्लो आवको सोही अवधिको तुलनामा यस आवको पहिलो त्रैमासमा कुल बिमा शुल्कमा ५० प्रतिशतले वृद्धि भइ ८१.७८ करोड आर्जन गरेको छ । कम्पनीले कुल लगानी रकममा ८२ प्रतिशत ले वृद्धि गरेको छ भने खुद नाफामा २८ प्रतिशतले वृद्धि गर्दै ९.२३ […]

ज्योतिलाइफ इन्स्योरेन्सको जीवन बीमा कोष शतप्रतिशत वृद्धि

घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासमा कूल बीमा शुल्कमा ५० प्रतिशत वृद्धि भई ८१.७८ करोड रुपैयाँ आर्जन गरेको देखिएको छ । कम्पनीले कुल लगानी रकममा ८२ प्रतिशत वृद्धि गरेको छ भने खुद नाफामा २८ प्रतिशत वृद्धि गर्दै  ९.२३ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । व्यवसाय तथा लगानी वृद्धि र सञ्चालन खर्चमा सन्तुलन लगायत का...

ज्योतिलाइफ इन्स्योरेन्सको जीवन बीमा कोष शतप्रतिशत वृद्धि

घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासमा कूल बीमा शुल्कमा ५० प्रतिशत वृद्धि भई ८१.७८ करोड रुपैयाँ आर्जन गरेको देखिएको छ ।कम्पनीले कुल लगानी रकममा ८२ प्रतिशत वृद्धि गरेको छ भने खुद नाफामा २८ प्रतिशत वृद्धि गर्दै  ९.२३ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । व्यवसाय तथा लगानी वृद्धि र

आइएमई जनरल इन्स्योेरेन्सको साधारणसभा

काठमाडौं (अस) । आइएमई जनरल इन्स्योरेन्सको २३ औं वार्षिक साधारणसभा आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । साधारणसभा उद्घाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले भर्चुअल माध्यमबाट गरेका थिए । कार्यक्रममा अध्यक्ष ढकालले हाल कुल बीमाको पहुँच २६ प्रतिशत र समग्र बीमा क्षेत्रको कुल गार्हस्थ उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको जानकारी दिए । पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिस्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, पहुँच विस्तार आदिले बीमा व्यवसाय र नाफामा वृद्धि भएकाले पुँजी बजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको उनले बताए । बीमाको नयाँ क्षेत्र पहिल्याएर नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले आगामी वर्ष थप नवीनतम सेवासहित ग्राहकमुखी योजना ल्याइने उनको भनाइ छ । कम्पनीले हालको चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने र बीमा समितिबाट स्वीकृत हुनासाथ ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव पारित गर्ने निर्णय साधारणसभाबाट पारित भएको छ । बोनस तथा हकप्रद शेयर जारी भएपछि  कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने ढकालले जानकारी दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले ग्राहकमैत्री योजना अगाडि सारेकाले संस्थालाई बीमा बजारमा अग्रणी कम्पनीको रूपमा स्थापित हुन सफल भएको बताए । कम्पनीले आव ०७५/७६ मा १ अर्ब २६ करोड ७० लाख बीमा शुल्क आर्जन गरेकामा समीक्षा वर्षमा १ अर्ब ३९ करोड ९४ लाख यस्तो शुल्क आर्जन गरेको उनले जानकारी दिए ।