अजोड इन्स्योरेन्सको नाफा यस वर्ष १४ % बढ्यो, ७९ करोडभन्दा बढी बीमाशुल्क आर्जन

माघ १८, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड ६३ लाख खुद नाफा गरेको छ ।  गत वर्ष यो अवधिसम्म कम्पनीले रू. ४ करोड ६ लाख यो नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा १४ दशमलव शून्य ४ प्रतिशत बढेको हो ।  यस वर्ष कम्पनीले १५ दशमलव ७० प्रतिशत बढी आम्दानी गरेको छ भने १७ दशमलव ७२ प्रतिशत बढी खर्च गरेको छ । रू. ८ करोड ५५ लाख आम्दानी गरेको कम्पनीले रू. ३ करोड ९२ लाख खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. ११ करोड ८० लाख छ । गत वर्षको तुलनामा जगेडा कोष रकम ७७ दशमलव ९८ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ६ करोड ६३ लाख थियो । कम्पनीको बीमा कोष रकम पनि गत वर्षभन्दा ६३ दशमलव ६० प्रतिशत बढेको छ । गत वर्ष रू. ८ करोड २७ लाख रहेको बीमा कोष रकम यस वर्ष रू. १३ करोड ५३ लाख पुगेको छ । गत वर्षभन्दा १६ दशमलव शून्य ९ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्षभन्दा ६९ दशमलव शून्य ६ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ । यस वर्ष कम्पनीले रू. ७९ करोड २१ लाख कुल बीमाशुल्क आर्जन गरेकोमा रू. ३५ करोड ८ लाख कुल दाबी भुक्तानी गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव ४० रहेको छ ।

सम्बन्धित सामग्री

अजोड इन्स्योरेन्सद्वारा १ अर्ब ४४ करोडभन्दा बढी बीमाशुल्क आर्जन

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले (AJOD Insurance Limited) चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १ अर्ब ४४ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष कुल बीमाशुल्क आर्जन करिब १८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब २२ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको थियो । यस वर्ष कम्पनीको खुद नाफा भने ११ प्रतिशतभन्दा बढी भएको छ । गत वर्ष रू. ९ करोड ४१ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १० करोड ४७ लाख यो नाफा गरेको हो ।  कम्पनीको आम्दानी गत वर्षभन्दा यस वर्ष करिब १२ प्रतिशत बढी भएकाले नाफा बढ्न सहयोग मिलेको हो । यो कम्पनी युनाइटेड इन्स्योरेन्स कम्पनीसँग मर्जर प्रक्रियामा छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब छ । कम्पनीको जगेडा कोष रकम भने रू. २० करोडभन्दा बढी छ । बीमा कोष रकम भने गत वर्षभन्दा करिब ४१ प्रतिशत बढी रू. २२ करोड ३९ लाख कायम भएको छ ।  गत वर्षभन्दा यस वर्ष करिब ३५ प्रतिशत कम दाबी भुक्तानी कम्पनीले गरेको छ । गत वर्ष रू. १ अर्ब ५ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ६८ करोड ७५ लाखमात्र कुल दाबी भुक्तानी गरेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. १३ दशमलव ६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव ८१ छ ।

अजोड इन्स्योरेन्सको नाफा ४९.७४ % ले बढ्यो, बीमा कोषमा ११ करोडभन्दा बढी

साउन २९, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४९ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ६ करोड ३६ लाख २० हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ९ करोड ५२ लाख ६८ हजार पुगेको हो । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको आम्दानी १८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने जगेडामा रू. ९ करोड ८ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीले बीमा कोषमा रू. ११ करोड सञ्चित गरेको छ ।  गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ३० करोड ४४ लाख बीमाशुल्क आर्जन गरेको छ । गत आवको तुलनामा गत आवमा बीमाशुल्क ४७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ५२, मूल्य आम्दानी अनुपात ८५ दशमलव ४० र प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव १० रहेको छ ।                                                        स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण

अजोड इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (आइतवार, ९ जेठ २०७८)

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु. ६ करोड ११ लाखखुदनाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले ७४ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यो अवधिसम्म कम्पनीले रु. ३ करोड ५१ लाखखुदनाफा गरेको थियो । यसै वर्ष सर्वसाधारणमा रु. ३० करोड बराबरको आईपीओ जारी गरी चुक्ता पुँजी रु. १ अर्ब पु¥याएको कम्पनीको जगेडा कोष रकम रु. ७ करोड ५५ लाख रहेको छ । कम्पनीको बीमा कोष रकम पनि रु. ९ करोड २९ लाख कायम भएको छ । कम्पनीले ६८ दशमलव ९० प्रतिशत बढी यो वर्ष रु. १ अर्ब २ करोड ४१ लख कुल बीमाशुल्क आर्जन गरेकामा २०१ प्रतिशतभन्दा बढी रु. ५० करोड २९ लाख कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. ८ दशमलव १५ र प्रतिशेयर नेटवर्थ रु. ११७ दशमलव ६८ रहेको छ । बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ११ ले घटेर अन्तिममा रु. ८६२ कायम भएको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य ओरालो लागेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव शून्य ५ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १०दशमलव ८५ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकै बिन्दुमा छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ८७३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ८३४ मा टेवा पाउने र महँगिए रु. ८९२ मा प्रतिरोध पाउने देखिन्छ ।