करेला स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिले तितेकरेलाको सेवन गर्नु हुदैन ।
गर्भवती हुनुहुन्छ ?
करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले त्यस्तो आवस्थामा करेला खाँदा ध्यान पुर्याउन जरुरी हुन्छ ।
फर्टिलिटी समस्या भएमा
यदि फर्टिलिटीसम्बन्धी ओषधि लिइरहनुभएको छ भने करेला प्रयोग गर्दा ध्यान पुर्याउन आवश्यक छ । करेलाको प्रयोगले फर्टिलिटीसम्बन्धी औषधिको प्रभा...