सरकारले दिने मासिक ५ हजार यस्ता बिरामीले नपाउने

काठमाडौं : सरकारले गम्भीर प्रकारका दीर्घ रोग (मिर्गौलासम्बन्धी, क्यान्सर र मेरुदण्डको पक्षघात) का बिरामीलाई मासिक ५ हजार रूपैयाँ दिने निर्णय गरेको छ।यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि बनाएर पारित गरिसकेको छ। यो कार्यविधि पारित भएसँगै अब मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघात भएर उपचार गराइरहेका बिरामीले यही महिनादेखि मासिक ५ हजार पाउने भएका छन्। यसका लागि मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहका सरकारलाई परिपत्र गरिसकेको छ।स्वास्थ्यमन्त्री विरोध खतिवडाले

सम्बन्धित सामग्री

क्यान्सर, मृगौला रोग र स्पाइनल इन्जुरी भएका बिरामीलाई मासिक ५ हजार भत्ता

क्यान्सर एवम् मृगौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीले मासिक ५ हजार रुपैयाँ भत्ता पाउने भएका छन् । बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता रोगका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।२०७४ को चुनावको समयमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले क्यान्सर एवम् मृगौलाका रोग भएका र स्पाइनल इन्जुरी भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो । तर, त्यसपछि बनेको केपी ओली सरकारले उक्त निर्णय खारेज गरेको थियो ।अहिले आफैं प्रधानमन्त्री भएको समयमा देउवाले यसलाई फेरि अघि बढाउने भएका छन् ।