काठमाडौं : ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र श्रीलंका भिड्दैछन्। समूह १ को अन्तिम खेलमा आज इंग्ल्याण्डले श्रीलङ्कालाई जित्नै पर्ने दबाब छ। नजिते इंग्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिनेछ।श्रीलङ्का भने यसअघि नै सेमिफाइनलको दौडबाटै बाहिरिसकेको छ। श्रीलङ्काले ४ खेलमध्ये २ मा जित र २ मा हार बेहोरेको छ। श्रीलंकाले जिते उसको ६ अङ्क मात्र हुनेछ जुन सेमिफाइनल पुग्न पर्याप्त छैन। इंग्ल्याण्डले आयरल्यान्डसँग १ खेलमा मात्र हार बेहोरेको छ। यदि उसले ख