काठमाण्डौ – वैदेशिक रोजगार विभागले रोजगारीका लागि मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्र स्वास्थ्य परीक्षण गराउन सबै म्यानपावर कम्पनी तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई निर्देशन दिएको छ ।
छनौट सूचीमा सूचीकृत हुनु अघि नै स्वास्थ्य परीक्षण गर्ने गरेको भन्दै विभागले सबै म्यानपावर तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई नियम अनुसार अन्तर्वार्तापछि श्रमिकको छनौट सूची तयार गरेर मात्र स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएको हो ।
छनौट सूची तयार भएपछि मात्र स्वास्थ्य संस्थाहरूले श्रमिकको स्वास्थ्य परीक्षण गर्नुपर्नेमा मलेसिया...