काठमाडौं : नेपालमा कोरोना परीक्षण गर्न मात्रै आएका वा नेपाललाई ट्रान्जिट बनाएर आएकाहरुको कुनै पनि परीक्षण नगर्न सरकारले निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै परीक्षण गर्न मात्रै आएका वा नेपाललाई ट्रान्जिट बनाएर आएका विदेशी नागरिकहरुको कुनै पनि परीक्षण नगर्न सबै प्रयोशालाहरुलाई निर्देशन दिएको हो।विदेशी नागरिकको कोरोना परीक्षण रोक्न नसक्दा संक्रमण झन फैलने भन्दै मन्त्रालयले कोभिड-१९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड १९ को परीक्षणकाे