प्रचण्ड कुनै पनि क्षेत्रमा दाेहाेरिनुभएकाे छैन: नारायण दाहाल

काठमाडौं, १८ असार। नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनबाट गाेरखा पठाइनसकेकाे बताएका छन्। “प्रस्ताव त प्रचण्डका लागि गाेरखा मात्र नभएर राेल्पा, रुकुम, कालीकाेट, बर्दिया, सिन्धुलीबाट पनि आएकाे छ। उहाँले आजसम्म चितवन छाड्नुभएकाे छैन। म जान्छु वा आउँदिन भन्नुभएकाे छैन। चितवनमा उहाँ हुने वा नहुने कुराले धेरै अर्थ राख्छ,” […]

सम्बन्धित सामग्री

को बन्ला राष्ट्रियसभा उपाध्यक्ष ? एमाले र नेकपा एसबीच रस्साकस्सी

सहमतिअनुसार माओवादी केन्द्रबाट नारायण दाहाल अध्यक्ष भइसकेका छन् । अब उपाध्यक्षका लागि दलहरूबीच छलफल हुनेछ ।

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी सांसद दाहाल निर्वाचित

माओवादी केन्द्रका सांसद नारायण दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुनुभएको छ । मंगलबार भएको मतदानमा दाहालले ३९ मत पाउँदै विजयी हुनुभएको हो । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत हो । दाहालसंगै अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेसका सासद युवराज शर्माले १७ मत पाउनुभयो । दाहाल सत्तारुढ …

माओवादीका नारायण दाहाल सत्ता गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायण दाहाल उम्मेद्वार बन्नुहुने भएको छ ।

राष्ट्रियसभा अध्यक्षमा माओवादीबाट नारायण दाहाल उम्मेदवार

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली […]

भरतपुरमा रेनुले हार्नु भनेको कांग्रेसले हारेको होः नारायण दाहाल

काठमाडौं, १२ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद दाहालले भरतपुरमा कांग्रेस वा माओवादी कसैको पनि पकड नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता दाहालले भने, “नेपाली कांग्रेस भनेको शेरबहादुर दाइ हो कि अरु ? राजेश्वर खनाल, उमेश श्रेष्ठ, मिलनबाबु श्रेष्ठ सबै […]

प्रचण्ड र म एकै दिन 'हाेल–टाइमर' भएर हिँडेका हाैँ : नारायण दाहाल

काठमाण्डाै – राष्ट्रिय सभाका नवनियुक्त सदस्य नारायण दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू एकै दिन पार्टीमा पूर्णकालीन भएर हिँडेको बताउनुभयो । आफू निरन्तर पार्टीका काममा रहेको उल्लेख गर्दै उहाँले आफ्नो विरोध हुने गरेका कारण आफूले पार्टीबाट धेरै अवसर गुमाउनुपरेको गुनासाे गर्नुभयाे । आज मङ्गलवार राष्ट्रिय सभाको सदस्यका रूपमा शपथ ग्रहण गरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयो, ‘मेरो हैसियतको कुरा गर्दा अध्यक्ष र म एकैदिन होल–ट...

नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा माओवादीका नारायण प्रसाद दाहाललाई मनोनित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनित गर्नुभएको हो । नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनित गरिएको राष्ट्रपतिको कार्यालयले बताएको छ । दाहाल माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष […]

प्रचण्डका भाई नारायण दाहाल राष्ट्रियसभा सदस्‍यमा मनोनीत

काठमाडौः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई सदस्यमा मनोनीत गरेकी हुन्। सरकारको सिफारिसमा शुक्रवार मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित

सरकारको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको सदस्यमा नारायणप्रसाद दाहाल (चितवन) लाई मनोनित गरेकी छन् ।विहीबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार राष्टपति भण्डारीले दाहाललाई सदस्यमा मनोनित गरेको राष्टपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । दाहाल माओवादी अध्यक्ष प्रचण्डका नातामा भाइ हुन् ।