राष्ट्रिय सभाको अध्यक्षमा माओवादी सांसद दाहाल निर्वाचित

माओवादी केन्द्रका सांसद नारायण दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुनुभएको छ । मंगलबार भएको मतदानमा दाहालले ३९ मत पाउँदै विजयी हुनुभएको हो । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत हो । दाहालसंगै अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेसका सासद युवराज शर्माले १७ मत पाउनुभयो । दाहाल सत्तारुढ …

सम्बन्धित सामग्री

सुर्तीजन्य पदार्थको कर ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छः सांसद दाहाल

शुक्रबार राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्दै दाहालले सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताए। उनले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गर्नुपर्ने बताए।

सत्ता टिकाउन संवैधानिक परिषद्सम्बन्धी विधेयक दर्ता : सांसद दाहाल

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले सत्ता र गठबन्धन टिकाउनका लागि नै संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गरेको आरोप लगाएका छन् ।  मंगलबार राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै दाहालले सरकारमा रहेका दलहरू आफैले यसअघि विरोध गरेको विधेयक राष्ट्रियसभामा दर्ता गरेको र यो सत्ता र गठबन्धन टिकाउनका लागि मात्रै भएको आरोप […]

संसदभित्र गुरिल्ला अभ्यास गरिँदै छ: सांसद दाहाल

काठमाडौं। राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले वर्तमान सरकारले संसदमा गुरिल्ला अभ्यास गरेको आरोप लगाएका छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले संसदीय मर्यादा विपरित अर्थमन्त्री जनार्दन शर्माले कुनामा बसी फुत्त रोष्टममा उक्लिएर गुरिल्ला अभ्यास गरेको बताए।

सरकार संविधानलाई ध्वस्त पार्न लागी परेको छः सांसद दाहाल

काठमाडौं। राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले वर्तमान सरकार संविधानलाई ध्वस्त पार्न लागी परेको आरोप लगाएका छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्र र संविधानको मर्ममाथि प्रहार गरेको बताए। हिजो संविधान मिचियो भनेर सडकमा नारा लगाउनेहरु नै आज एक कदम अगाडि बढेर संविधानको मर्ममाथि नै प्रहार गर्ने काम गरेका उनको भनाइ थियो।

करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल

राष्ट्रिय सभा सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताउनुभएको छ ।