प्रचण्डका भाई नारायण दाहाल राष्ट्रियसभा सदस्‍यमा मनोनीत

काठमाडौः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई सदस्यमा मनोनीत गरेकी हुन्। सरकारको सिफारिसमा शुक्रवार मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सम्बन्धित सामग्री

को बन्ला राष्ट्रियसभा उपाध्यक्ष ? एमाले र नेकपा एसबीच रस्साकस्सी

सहमतिअनुसार माओवादी केन्द्रबाट नारायण दाहाल अध्यक्ष भइसकेका छन् । अब उपाध्यक्षका लागि दलहरूबीच छलफल हुनेछ ।

राष्ट्रियसभा अध्यक्ष दाहाल : तटस्थता कायम राख्ने चुनौती

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा ५६ जनाले मतदान गरेका थिए, जसमा दाहालको पक्षमा ३९ मत परेको छ । उनको विपक्षमा जम्मा १७ मत खसेको छ । दाहाललाई सत्तारुढ माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले […]

राष्ट्रियसभा अध्यक्षमा प्रचण्डका भाइ नारायण दाहाल निर्वाचित

काठमाडौँ - राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्।  मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् । उनले ३९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार युवराज श...

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी सांसद दाहाल निर्वाचित

माओवादी केन्द्रका सांसद नारायण दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुनुभएको छ । मंगलबार भएको मतदानमा दाहालले ३९ मत पाउँदै विजयी हुनुभएको हो । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत हो । दाहालसंगै अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेसका सासद युवराज शर्माले १७ मत पाउनुभयो । दाहाल सत्तारुढ …

राष्ट्रियसभा अध्यक्षमा माओवादीबाट नारायण दाहाल उम्मेदवार

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली […]

प्रचण्डको भाइ भएकै कारण मैले योगदान अनुसारको अवसर पाइन : नारायण दाहाल

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा मनोनीत भएका माओवादी नेता नारायणप्रसाद दाहालले अध्यक्ष प्रचण्डको पारिवारिक सदस्य भएकै कारण आफूले योग्यताअनुसारको अवसर धेरै पटक गुमाउनुपरेको गुनासो गरेका छन् । राष्ट्रियसभा सदस्यको शपथ ग्रहणपछि पत्रकारसँग कुरा गर्दै सांसद दाहालले माओवादी आन्दोलनमा प्रचण्ड र आफू एकैदिन होलटाइमर भएर हिँडेको र सिङ्गो परिवार जनयुद्धमा सामेल भएको बताए । दाहालले भने, ‘अध्यक्ष […]

नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा माओवादीका नारायण प्रसाद दाहाललाई मनोनित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनित गर्नुभएको हो । नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनित गरिएको राष्ट्रपतिको कार्यालयले बताएको छ । दाहाल माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष […]

राष्ट्रपतिले गरिन् नारायण दाहाललाई सांसद मनोनीत

काठमाडौं : सरकारको सिफारिशमा नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनीत भएका छन्। राष्ट्रियसभा सदस्य रामनारायण विडारीको पदावधि समाप्त भएपछि सो स्थानमा सरकारले दाहालको नाम सिफारिश गरेको हो।राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ दाहाललाई राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन्। आज राति १२ बजेबाट निर्वाचन आचारसंहिता लाग्ने भएकाले आज नै सरकारले दाहालको नाम सिफारिश गरेको हो। राष्ट्रियसभा सदस्य मनोनीत दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भाइ हुन्।

नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित

सरकारको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको सदस्यमा नारायणप्रसाद दाहाल (चितवन) लाई मनोनित गरेकी छन् ।विहीबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार राष्टपति भण्डारीले दाहाललाई सदस्यमा मनोनित गरेको राष्टपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । दाहाल माओवादी अध्यक्ष प्रचण्डका नातामा भाइ हुन् ।

राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटालाई मतदान गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं। माओवादी केन्द्रले राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार डा. खिमलाल देवकोटालाई मतदान गर्ने निर्णय गरेको छ। आज माओवादी केन्द्रका बाग्मती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै मतदान गर्न आह्वान गरेका हुन्। विज्ञप्तिमा ‘प्रदेशसभाका सदस्यहरु, महानगरपालिका, उपमहानगर, नगरपालिका/गाउँपालिका प्रमुख/उपप्रमुखलाई कलम चिन्हमा मतदान गरी विजय गराउन अनुरोध गर्दछौं’, भनिएको छ।