काठमाण्डाै – राष्ट्रिय सभाका नवनियुक्त सदस्य नारायण दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू एकै दिन पार्टीमा पूर्णकालीन भएर हिँडेको बताउनुभयो । आफू निरन्तर पार्टीका काममा रहेको उल्लेख गर्दै उहाँले आफ्नो विरोध हुने गरेका कारण आफूले पार्टीबाट धेरै अवसर गुमाउनुपरेको गुनासाे गर्नुभयाे ।
आज मङ्गलवार राष्ट्रिय सभाको सदस्यका रूपमा शपथ ग्रहण गरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयो, ‘मेरो हैसियतको कुरा गर्दा अध्यक्ष र म एकैदिन होल–ट...