नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित

सरकारको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको सदस्यमा नारायणप्रसाद दाहाल (चितवन) लाई मनोनित गरेकी छन् ।विहीबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार राष्टपति भण्डारीले दाहाललाई सदस्यमा मनोनित गरेको राष्टपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । दाहाल माओवादी अध्यक्ष प्रचण्डका नातामा भाइ हुन् ।

सम्बन्धित सामग्री

प्रचण्डको परिवारिक सदस्य भएकै कारण अवसर गुमाएको छुः नारायण दाहाल

काठमाडौँ। राष्ट्रियसभा सदस्य नारायण दाहालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारिक सदस्य भएकै कारण आफुले अवसरहरु गुमाएको दाबी गरेका छन्। दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको भन्दै आलोचना भइरहेका बेला दाहालले भने आफूले प्रचण्डको परिवारिक सदस्य भएको कारण अवसरहरु गुमाएको दाबी गरेका हुन्।