काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमणसँगै अस्पतालमा सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेको छ ।अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढे पनि जटिल अवस्थाका बिरामी कम रहेका डाक्टरले बताएका छन् । भर्ना भएका धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. मनिषा रावलले बताउनुभयो । उहाँका अनुसार ६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक परेको छैन । सङ्क्रमितलाई अक्सिजन नचाहिए पनि अस्पतालले अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लान्ट तयारी अवस्थामा राखेको जनाएको छ ।टेकुका निर्देशक डा. रावलका अनुसार अस्...