काठमाण्डाै – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षा तथा स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ । नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष एवम् पूर्वमन्त्री जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा माग्नुभएको हो ।एमालेको नेता तथा मन्त्रीजस्तो व्यक्ति भएर जातीय विभेदकाे आरोप लागेको मान्छेलाई छुटाउन आफूले प्रयोग गर्दै आएको सरकारी गाडी लिएर गएको विषय अशोभनीय भएको पूर्वमन्त्री विश्वकर्माको भनाइ छ । बैठकमा अरू नेताले पनि मन्त्री श्रेष्ठको आलोचना गरेका थिए ।यसअघि स्थायी कम...