नेकपा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले मन्त्री रेणु यादवको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । युवा संघका कार्यकर्ताहरुले शनिबार रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका हुन् । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिँलै गौर घटना दोह्र्याउने जस्तो गैरजिम्मेवार मन्तव्य दिएको भन्दै युवा संघले मन्त्री यादवको राजीनामा मागेका छन् । युवा संघका जिल्ला अध्यक्ष बालाशंकर कुश्वाहाको नेतृत्वमा युवा संघका कार्यकर्ताहरुले तुल ब्यानरसहित गौरस्थित मुख्य सडकमा प्रदर्शन गरेका