काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरिएको छ । जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै केन्द्रीय सदस्य जगत् विश्वकर्माले बैठकमा उनको राजीनामा माग गरेका हुन् । मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण गराइएको छ ।