कृषिमन्त्रीलाई ओलीको कटाक्ष : झण्डा हल्लाऊ, भत्ता खाऊ भनेर मन्त्री बनाएको कि किसानलाई मल दिन ?

 नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा एमाले निकट किसान महासङ्घले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गाउँ घरमा भन्ने भनाई ‘देख्दाको डाल, ढिँडाको काल’ देख्दा ज्यान ठूलो छ, ढिँडो खान्छ यत्ति धेरै काम चाहिँ केही हुँदैन भन्दै कृषिमन्त्रीलाई कटाक्ष गरे । ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गरे पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले अन