कास्की – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसद्लाई अनिर्णयको बन्दी बनाएको भन्दै एमालेले मुख्यमन्त्रीको राजीनामा माग गरेको हो ।
आज बुधवार नेकपा एमाले संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता एवम् पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संसद्लाई निकास दिन नसक्ने मुख्यमन्त्री सीताकुमारी पोखरेलले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले मुख्यमन्त्री र अर्थ मन्त्री रा...