असोज १७, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ३२ दशमलव ३० प्रतिशत बोनस शेयर र १ दशमलव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाए पछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ९ करोड २० लाख ५० हजार रहेको छ । ३२ दशमलव ३२ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको पूँजी रू. १२ करोड १७ लाख ८२ हजार पुग्नेछ ।