स्वाभिमान लघुवित्त र आइसिएफसि फाइनान्सको शेयरमूल्य समायोजन

मंसिर २३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र आइसिएफसि फाइनान्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले स्वाभिमान लघुवित्तको ३२ दशमलव ३० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ९१९ दशमलव ८८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. २ हजार ५४० को आधारमा शेयरमूल्य समायोजन भएको हो । स्वाभिमान लघुवित्तले ३२ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि स्वाभिमान लघुवित्तले पुस ८ गते वार्षिक साधारण सभा बोलाएको छ । त्यस्तै, नेप्सेले आइसिएफसि फाइनान्सको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ६३९ दशमलव ८२ तोकेको छ । कम्पनीको बुधवार रू. ७३० दशमलव ८० मा अन्तिम कारोबार भएको थियो । आइसिएफसि फाइनान्सले वर्ष गत वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि आइसिएफसि फाइनान्सले पुस ५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा र लाभांश प्रयोजनका लागि आज (बिहीवार) देखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको हो । दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

सम्बन्धित सामग्री

स्वाभिमान लघुवित्त सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

काठमाडौं । तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवारसम्म रहेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने दिन बिहीवार हो । यी तीन ओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ३ गते बुक क्लोज गरेसँगै भोलि अर्थात् चैत २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ११ गते साधारण सभा बोलाएको छ । सभा डार्सिज इन्टरनेशनल होटल बुटवल, रुपन्देहीमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिइएको छ ।  त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले शेयरधनीलाई गत आवको मुनाफाबाट २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले यो प्रस्ताव चैत २९ गते हुने साधारण सभामा पेश गर्नेछ । सभा बानेश्वर ब्यांक्वेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले चैत १६ गतेको साधारण सभामा यो प्रस्ताव प्रस्तुत गर्नेछ । सभा दियालो लर्डस प्लाजा वीरगञ्ज पर्सा नेपालमा दिनको १२ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।

दुई लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौँ,१२ माघ । दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद गरी […]

स्वाभिमान लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

१२ माघ, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर दिने भएको छ । ११ माघ, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको २० प्रतिशत बोनस सेयर लाभांशमा लाग्ने […]

६ महीनामा स्वाभिमान लघुवित्त रू. १ करोड २० लाख खराब कर्जा उठाउन सफल

माघ १४, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ६ महीना (दोस्रो त्रैमास) सम्ममा रू. १ करोड २० लाख  खराब कर्जा उठाउन सफल भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ९८ लाख ५६ हजार खराब कर्जा उठाएको थियो ।  त्यसैगरी, कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ करोड ८० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. २ करोड १९ लाखमा सीमित भएको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीले सम्भावित जोखिम व्यवस्थामा रकम छुट्याउदा सञ्चालन नाफा घटेसँगै नाफा घट्न पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थापमा रू. ८९ लाख २२ हजार छुट्याएको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. १२ करोड १७ लाख रहेको छ भने जगेडामा रू. ५ करोड ३४ लाख सञ्चित गरेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब २५ करोड सापटी लिएर, रू. ५९ करोड ४४ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ८९ करोड कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३६, मूल्य आम्दानी अनुपात ५६ दशलमव ३३ गुणा, तरलता अनुपात १४ दशमलव ९४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२५ दशमलव ८७ रहेको छ ।

स्वाभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश दिने

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।लघुवित्तको पाँचौ वार्षिक साधारणसभाले ३२.३० प्रतिशत बोनस सेयर तथा १.७० प्रतिशत नगद दिने प्रस्ताव पारित गरेको हो । साधारणसभाले चार जना सञ्चालकसमेत चयन गरेको छ ।सन्तोष नारायण श्रेष्ठ कृष्णप्रसाद अर्याल, गिरीराज पाठक तथा हेमलाल शर्मा संस्थापक तर्फबाट निर्विरोध चयन भएको लघुवित्तले जनाएको छ । […]

स्वाभिमान लघुवित्तको ३२.३०% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडले भोलि (बिहीवार) गते साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दै छ। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरूले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्। लघुवित्तले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजी रु.९ करोड २० लाख ५० हजारको ३२.३०% अर्थात रु.२ करोड ९७ लाख ३२ हजार १ सय ५० बराबरको बोनस शेयर तथा १.७०% अर्थात रु.१५ लाख ६४ हजार ८ सय ५० बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितर...

स्वाभिमान लघुवित्तको सञ्चालकमा पाण्डे

काठमाडौं, १६ मंसिर । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सञ्चालक पदमा चिन्तामणि पाण्डेलाई नियुक्त गरेको छ । संस्थाको रिक्त रहेको सर्वसाधारण समूहको संचालक पदमा मंगलवार बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा पाण्डेलाई नियुक्त गरेको हो । कम्पनीले नेप्सेमा एक सुचना जारी गर्दै यस्तो जनाएको छ ।

नेप्सेमा १ लाख ५३ हजार बोनस शेयर सुचिकृत

काठमाडौं, २४ बैशाख । बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको २० प्रतिशत बोनस बापतको १ लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता शेयर सुचिकृत भएको हो ।