स्वाभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश दिने

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।लघुवित्तको पाँचौ वार्षिक साधारणसभाले ३२.३० प्रतिशत बोनस सेयर तथा १.७० प्रतिशत नगद दिने प्रस्ताव पारित गरेको हो । साधारणसभाले चार जना सञ्चालकसमेत चयन गरेको छ ।सन्तोष नारायण श्रेष्ठ कृष्णप्रसाद अर्याल, गिरीराज पाठक तथा हेमलाल शर्मा संस्थापक तर्फबाट निर्विरोध चयन भएको लघुवित्तले जनाएको छ । […]

सम्बन्धित सामग्री

स्वाभिमान लघुवित्तले फागुन २० गते बोलायो साधारण सभा,छैन लाभांश प्रस्ताव

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय रुपन्देहीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत अर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सर्वसाधारण शेयरधनीको तर्फबाट एक नजा सञ्चालकको निर्वाचन र रिक्त पदमा भएको मनोनयनलाई अनुमोदन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।  अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने काम समेत सभाले गर्नेछ । यस वर्ष कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । गत वर्ष भने कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

स्वाभिमान लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

१२ माघ, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर दिने भएको छ । ११ माघ, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको २० प्रतिशत बोनस सेयर लाभांशमा लाग्ने […]

स्वाभिमान लघुवित्तले शेयरधनीलाई ३४% लाभांश दिने प्रस्ताव पारित, चार संचालक चुनिए

काठमाडौं। स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ। लघुवित्तको पाँचौ वार्षिक साधारणसभाले ३२.३० प्रतिशत बोनस

३४% लाभांश पारित गर्न स्वाभिमान लघुवित्तले पुस ८ गते बोलायो पाँचौं साधारण सभा

मंसिर १५, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पुस ८ गते पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, रुपन्देहीमा अपरान्ह्र १ बजेदेखि शुरु हुने कम्पनीले जानकारी दएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिइएको छ । सभामा गत वर्षको नाफाबाट ३२ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । यस्तै, सभाको अन्य प्रस्तावमा संस्थापक शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, अन्य कुनै इजाजत प्राप्त लघुवित्तसँग मर्जर वा प्राप्ति गर्न परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर २३ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

स्वाभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश दिने

काठमाडौं । स्वाभिमान लघुवित्तले लाभांश घोषणा गरेको छ । असोज १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई २०७८ असार मसान्तमा कायम चुक्ता पुँजीको  ३२.३० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागि  १.७० प्रतिशत...