१५ ओटा लघुवित्त कम्पनीद्वारा लाभांश प्रस्ताव : सबैभन्दा बढी स्वाभिमान लघुवित्तको

असोज २१, काठमाडौं । लाभांश प्रस्ताव सिजन शुरु भएको छ ।नेपाल स्टक एक्सचेञ्ज(नेप्से)  मा  सूचीकृत कम्पनीहरुले गत आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।   नेप्सेमा सूचीकृत ५६ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्ममा १५ ओटा कम्पनीले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । ती १५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३२ दशमलव ३ प्रतिशत बोनस शेयर र १ दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  त्यसैगरी, दोस्रोमा सबैको लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  यी १५ ओटा कम्पनीमध्ये एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले भने नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  त्यसैगरी, लाभांश प्रस्ताव गरेका १५ ओटा कम्पनीमध्ये डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले साधारण सभासमेत आह्वान गरेको छ । कम्पनीको सभा असोज २३ गते शनिवार हुँदैछ । सभा बिहान ११ बजे चितवन गार्डेन रिसोर्ट भरतपुर, चितवनमा हुने जानकारी गराएको हो ।  साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका असोज १२ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस  आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।  २०औं साधारण सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै शेयर संरचना र कर्मचारी पद समायोजनको विषयमा नाडेप लघुवित्तसँग सहमति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र मर्जर गर्न नसकिने भएकोले यो विषय राष्ट्र बैंकलाई जानकारी गराएको छ ।  सोही कारण अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र अहिलेसम्मका काम नियमन निकायहरुको निर्देशन अनुसार गराउनलाई सञ्चालक समितिलाई अख्तियराी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसेका सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।  लाभांश प्रस्ताव गरेका १५ ओटा कम्पनीहरुले अघिल्लो वर्षको लाभांशभन्दा यसवर्ष लाभांश बढी दिएका छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।                                                            स्रोत : कम्पनीले सार्वजनिक गरेको सूचना

सम्बन्धित सामग्री

स्वाभिमान लघुवित्तको सातौं वार्षिक साधारण सभा फागुन २० मा, छैन लाभांश प्रस्ताव

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा फागुन २० गते गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालयमा तिलोत्तमा-५, रूपन्देही मा अपराह्न ११ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यस्तै सभाले 'घ' वर्गका वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न/गराउन उपयुक्त देखिएमा सोसम्बन्धी सम्पूर्ण आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छैन । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन ११ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

स्वाभिमान लघुवित्तले फागुन २० गते बोलायो साधारण सभा,छैन लाभांश प्रस्ताव

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय रुपन्देहीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत अर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सर्वसाधारण शेयरधनीको तर्फबाट एक नजा सञ्चालकको निर्वाचन र रिक्त पदमा भएको मनोनयनलाई अनुमोदन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।  अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने काम समेत सभाले गर्नेछ । यस वर्ष कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । गत वर्ष भने कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

स्वाभिमान लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

१२ माघ, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर दिने भएको छ । ११ माघ, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको २० प्रतिशत बोनस सेयर लाभांशमा लाग्ने […]

स्वाभिमान लघुवित्तले प्रस्ताव गर्‍यो गत वर्षभन्दा कम लाभांश

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको भन्दा कम लाभांश प्रस्ताव गरेको छ । माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १२ करोड १७ लाख ८२ हजारको आधारमा कूल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल लाभांशमध्ये २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश रहेको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।  गत वर्ष कम्पनीले कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । ३२ दशमलव ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७ प्रतिशत लाभांश गत वर्ष वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।

स्वाभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश दिने

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।लघुवित्तको पाँचौ वार्षिक साधारणसभाले ३२.३० प्रतिशत बोनस सेयर तथा १.७० प्रतिशत नगद दिने प्रस्ताव पारित गरेको हो । साधारणसभाले चार जना सञ्चालकसमेत चयन गरेको छ ।सन्तोष नारायण श्रेष्ठ कृष्णप्रसाद अर्याल, गिरीराज पाठक तथा हेमलाल शर्मा संस्थापक तर्फबाट निर्विरोध चयन भएको लघुवित्तले जनाएको छ । […]

स्वाभिमान लघुवित्तले शेयरधनीलाई ३४% लाभांश दिने प्रस्ताव पारित, चार संचालक चुनिए

काठमाडौं। स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ। लघुवित्तको पाँचौ वार्षिक साधारणसभाले ३२.३० प्रतिशत बोनस

स्वाभिमान लघुवित्त र आइसिएफसि फाइनान्सको शेयरमूल्य समायोजन

मंसिर २३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र आइसिएफसि फाइनान्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले स्वाभिमान लघुवित्तको ३२ दशमलव ३० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ९१९ दशमलव ८८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. २ हजार ५४० को आधारमा शेयरमूल्य समायोजन भएको हो । स्वाभिमान लघुवित्तले ३२ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि स्वाभिमान लघुवित्तले पुस ८ गते वार्षिक साधारण सभा बोलाएको छ । त्यस्तै, नेप्सेले आइसिएफसि फाइनान्सको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ६३९ दशमलव ८२ तोकेको छ । कम्पनीको बुधवार रू. ७३० दशमलव ८० मा अन्तिम कारोबार भएको थियो । आइसिएफसि फाइनान्सले वर्ष गत वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि आइसिएफसि फाइनान्सले पुस ५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा र लाभांश प्रयोजनका लागि आज (बिहीवार) देखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको हो । दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

आइसिएफसि फाइनान्स र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर २२, काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ । यी कम्पनीहरुले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभाको मिति तय गरी उक्त सभा प्रयोजनका लागि बिहीवार (मंसिर २३ गते) बुक क्लोज गर्ने भएकाले बुधवार अर्थात् मंसिर २२ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । आइसिएफसि फाइनान्सले वर्ष गत वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि आइसिएफसि फाइनान्सले पुस ५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा र लाभांश प्रयोजनका लागि मंसिर २३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको हो । त्यस्तै, स्वाभिमान लघुवित्तले ३२ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि स्वाभिमान लघुवित्तले पुस ८ गते वार्षिक साधारण सभा बोलाएको छ । स्वाभिमान लघुवित्तले भने मंसिर २३ गते एक दिन मात्र सभा प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो । हाल आइसिएफसि फाइनान्सको चुक्तापूँजी रू. १ अर्ब २ करोड ४२ लाख ६५ हजार र स्वाभिमान लघुवित्तको रू.९ करोड २० लाख ५० हजार रहेको छ । सोही पूँजीको आधारमा यी कम्पनीहरुले लाभांश वितरण गर्न लागेका हुन् ।

स्वाभिमान लघुवित्तद्वारा ३४ % लाभांश प्रस्ताव

असोज १७, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले ३२ दशमलव ३० प्रतिशत बोनस शेयर र १ दशमलव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाए पछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।  कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ९ करोड २० लाख ५० हजार रहेको छ । ३२ दशमलव ३२ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको पूँजी रू. १२ करोड १७ लाख ८२ हजार पुग्नेछ ।