काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको भन्दा कम लाभांश प्रस्ताव गरेको छ । माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १२ करोड १७ लाख ८२ हजारको आधारमा कूल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कुल लाभांशमध्ये २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश रहेको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
गत वर्ष कम्पनीले कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । ३२ दशमलव ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७ प्रतिशत लाभांश गत वर्ष वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।