आइसिएफसि फाइनान्स र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

मंसिर २१, काठमाडौं । बुधवार आइसिएफसि फाइनान्स लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी कम्पनीहरुले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभाको मिति तय गरी उक्त सभा प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज गर्ने भएकाले मंसिर २२ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । आइसिएफसि फाइनान्सले वर्ष गत वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि आइसिएफसि फाइनान्सले पुस ५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा र लाभांश प्रयोजनका लागि मंसिर २३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको हो । त्यस्तै, स्वाभिमान लघुवित्तले ३२ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि स्वाभिमान लघुवित्तले पुस ८ गते वार्षिक साधारण सभा बोलाएको छ । स्वाभिमान लघुवित्तले भने मंसिर २३ गते एक दिन मात्र सभा प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो । हाल आइसिएफसि फाइनान्सको चुक्तापूँजी रू. १ अर्ब २ करोड ४२ लाख ६५ हजार र स्वाभिमान लघुवित्तको रू.९ करोड २० लाख ५० हजार रहेको छ । सोही पूँजीको आधारमा यी कम्पनीहरुले लाभांश वितरण गर्न लागेका हुन् ।

सम्बन्धित सामग्री

आइसिएफसि फाइनान्स र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर २२, काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ । यी कम्पनीहरुले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभाको मिति तय गरी उक्त सभा प्रयोजनका लागि बिहीवार (मंसिर २३ गते) बुक क्लोज गर्ने भएकाले बुधवार अर्थात् मंसिर २२ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । आइसिएफसि फाइनान्सले वर्ष गत वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि आइसिएफसि फाइनान्सले पुस ५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा र लाभांश प्रयोजनका लागि मंसिर २३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको हो । त्यस्तै, स्वाभिमान लघुवित्तले ३२ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि स्वाभिमान लघुवित्तले पुस ८ गते वार्षिक साधारण सभा बोलाएको छ । स्वाभिमान लघुवित्तले भने मंसिर २३ गते एक दिन मात्र सभा प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो । हाल आइसिएफसि फाइनान्सको चुक्तापूँजी रू. १ अर्ब २ करोड ४२ लाख ६५ हजार र स्वाभिमान लघुवित्तको रू.९ करोड २० लाख ५० हजार रहेको छ । सोही पूँजीको आधारमा यी कम्पनीहरुले लाभांश वितरण गर्न लागेका हुन् ।