गत वर्ष १९ खर्ब २० अर्बको आयात

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७८/०७९ मा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको असार मसान्तसम्म १९ खर्ब २० अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा...

सम्बन्धित सामग्री

एक खर्ब उनन्तिस अर्बको आयात तेह्र अर्बको निर्यात

चालुु आर्थिक वर्षको पहिलो साउन महिनामा एक खर्ब २९ अर्ब रुपियाँको सामान आयात हुँदा १३ अर्ब रुपियाँको सामान निर्यात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपियाँ बराबरको निर्यात भएकामा अहिले घटेर १३ अर्ब ५२ करोड ८६ लाख रुपियाँ बराबरको सामान निर्यात भएको तथ्याङ्क छ ।

१२ प्रतिशतले घट्यो आयात

वीरगन्ज । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले विदेशबाट गर्दै आएको वैदेशिक व्यापार घाटा घटेको छ। भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार चालु आवको साउन महिनामा नेपालको व्यापार घाटा १०.३८ प्रतिशतले घटेको हो। विभागको तथ्यांकअनुसार विदेशबाट नेपालमा आयात हुने वस्तुको आयात घट्दा व्यापार घाटा घटेको हो। साउन महिनामा नेपाललाई एक खर्ब १६ अर्ब ४७ […]

१२ प्रतिशतले घट्यो आयात, पेट्रोल र डिजेलको खपत पनि कम

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा आयात १२ प्रतिशतले घटेको छ भने निर्यात समेत २८.६८ प्रतिशतले घटेको छ।  गत वर्ष पहिलो महिनामा एक खर्ब ५० अर्बको सामान आयात हुँदा यो वर्ष एक खर्ब ३१ अर्ब रुपैयाँका सामान भित्रिएको छ।  गत वर्ष २० अर्ब ७६ करोड बराबरको सामान निर्यात भएकोमा १४ अर्ब ८० करोड रुपैयाँको […]

नेपाल–भारत व्यापार : १२ खर्ब आयात, डेढ खर्बको निर्यात

नेपालको वैदेशिक व्यापारमा दक्षिण छिमेकी मुलुक भारतको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो आयात र निर्यात साझेदार गन्तव्य हो । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले भारतबाट १२ खर्ब १५ करोडको आयात र १ खर्ब ५५ अर्बको निर्यात गरेको छ ।यो, नेपालको कूल वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा हो । गत वर्ष नेपालको कूल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये नेपालमा कूल १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएको छ । कूल आयातमध्ये भारतबाट भ

११ महिनामा १७ खर्ब ६३ अर्बको आयात, व्यापार घाटा १६ खर्ब नजिक

७ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ११ औं महिना (साउन–जेठ)सम्म वैदेशिक व्यापार २० खर्ब नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गतवर्ष यसै अवधिको तुलनामा २९.५ प्रतिशत बढी हो । गत वर्ष ११ […]

६ महिनामा कृषि तथा पशुजन्य वस्तु २ खर्बको आयात

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा २ खर्ब १६ अर्बको ७१ करोड २६ लाख ९१ हजार मूल्यको कृषि तथा पशुजन्य वस्तुको मात्र आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गतवर्षको तुलनामा यस वर्ष ३२ प्रतिशतले कृषि तथा पशुजन्य वस्तुको आयातमा वृद्धि भएको हो । गत वर्ष सोही अवधिमा कृषि तथा पशुजन्य वस्तु १ खर्ब […] The post ६ महिनामा कृषि तथा पशुजन्य वस्तु २ खर्बको आयात appeared first on राजधानी राष्ट्रिय दैनिक.

५८ प्रतिशतले बढ्यो व्यापार घाटा, ३ महिनामै ४ खर्ब १३ अर्बको बस्तु आयात

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा व्यापार घाटा ५८.३ प्रतिशतले बढेको छ । नेपालबाट वैदेशिक व्यापार अन्तर्गत हुने निर्यात १०९.५ प्रतिशतले बढेपनि व्यापार घाटा ५८.३ प्रतिशतले बढेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको साउन, भदौ र असोजको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा व्यापार घाटा १५.१ प्रतिशतले घटेको थियो । तर, अहिले ह्वात्तै बढेको हो । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६५ अर्ब ५ करोडको वस्तु निर्यात भएको छ । गत वर्ष निर्यात १४.३ प्रतिशतले बढेको थियो ।तर, यही अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोडको वस्तु आयात भएको छ ।

३ महिनाको वैदेशिक व्यापार : रू. ५ खर्ब ४३ अर्बको व्यापारमा निर्यात रू. ६५ अर्ब

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महिनामा नेपालको वैदेशिक व्यापार कुल रू. ५ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ । नेपालले १३२ देशसँगको व्यापारमा रू. ४ खर्ब ७८ अर्ब ५२ को वस्तु तथा सामग्रीहरू ३ महिनामा आयात गरेको छ । भन्सार विभागले सोमवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पहिलो ३ महिनामा वैदेशिक व्यापारमा गत वर्षको तुलनामा वृद्धि भएको छ । कुल वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बढेको छ । गत वर्ष यही अवधिमा कुल व्यापार रू. ३ खर्ब २३ अर्ब ३१ करोड थियो । नेपालको निर्यातमा वृद्धि भएको तथ्याङ्कले देखाउँछ । नेपालबाट चालू आवको यस अवधिमा रू. ६५ अर्ब ५ करोडको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्ष सोही अवधिमा नेपालले रू. ३१ अर्ब ४ करोडका वस्तुहरू निर्यात गरेको थियो । गत वर्ष २०७७/७८ को तुलनामा निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ ।   समीक्षा अवधिमा व्यापार घाटा ५८ प्रतिशतले बढेको छ । विभागको तथ्याङ्कअनुसार चालू आवको पहिलो त्रैमासको व्यापार घाटा रू. रू. ४ खर्ब १३ अर्ब रहेको छ । गत आवको यही अवधिमा यस्तो घाटा रू. २ खर्ब ६१ अर्ब थियो । चालू आवको ३ महिनामा नेपालबाट रू. २२ अर्ब २ करोड मूल्यको भटमासको तेल निर्यात भएको छ । रू. ४ अर्ब ८५ करोडको पाम तेल निर्यात भएको छ । चालू आवको प्रथम त्रैमासमा रू. २ अर्ब ४५ करोड मूल्यका कार्पेट, टेक्स्टायल जस्ता वस्तुहरूको निर्यात भएको छ । नेपालले यो अवधिमा पेट्रोलियम पदार्थ, स्टील, मेसिनरी पार्टपुर्जाहरू बढी आयात गरेको छ । चालू आवको असोजसम्ममा रू. १२ अर्ब ८६ करोड मूल्यको पेट्रोल र रू. २३ अर्ब ३२ करोड मूल्यको डिजेल नेपालले आयात गरेको छ । रू. १७ अर्ब मूल्यको खाद्य वस्तु आयात गरेको छ ।    चालू आवको पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार रू. १ खर्ब ७१ करोड मूल्य बराबर रहेको थियो । त्यस अवधिमा नेपालले रू. २० अर्ब ७६ करोडका वस्तुहरू निर्यात गरेको थियो भने रू. १ खर्ब ५० अर्बको आयात गरेको थियो । भदौ महिनामै कुल वैदेशिक व्यापार रू. ३ खर्ब ५८ अर्ब पुगेको थियो । भदौमा नेपालको निर्यात रू. ४४ अर्ब ३ करोड पुगेको थियो । गत आवको तुलनामा यो चालू आवमा नेपालको निर्यात अवस्थामा सुधार देखिएको छ ।

पहाडे पानी, जवानी र जिन्दगानी

यो आर्थिक वर्षमा ३ खर्ब ५९ अर्ब रुपैयाँको कृषिजन्य उत्पादन विश्व बजारबाट आयात भएको छ । जसमध्ये अन्नपात, तेल तरकारी र फलफूल मात्रै करिब २ खर्ब ४५ अर्बको आयात गरिएको छ । गत वर्ष ४५ अर्बको कृषि बजेट थियो भने सोही अवधिमा ५० अर्बको धान चामल मात्र आयात भएको छ

नेपाललाई १४ खर्बको व्यापार घाटा

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा नेपालले १३ खर्ब ९८ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ। भन्सार विभागकाअनुसार नेपालले साउनदेखि असारसम्ममा उक्त घाटा ब्यहोरेको हो। गत वर्ष नेपालबाट हुने निर्यात र नेपालले गर्ने आयात दुवै बढेको छ। सोही कारण व्यापार घाटा पनि उक्लिएको हो। विभागले गत आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै १६ खर्ब ८० अर्बको वैदेशिक व्यापार भएको जानकारी दिएको छ।