नेपाल–भारत व्यापार : १२ खर्ब आयात, डेढ खर्बको निर्यात

नेपालको वैदेशिक व्यापारमा दक्षिण छिमेकी मुलुक भारतको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो आयात र निर्यात साझेदार गन्तव्य हो । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले भारतबाट १२ खर्ब १५ करोडको आयात र १ खर्ब ५५ अर्बको निर्यात गरेको छ ।यो, नेपालको कूल वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा हो । गत वर्ष नेपालको कूल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये नेपालमा कूल १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएको छ । कूल आयातमध्ये भारतबाट भ

सम्बन्धित सामग्री

नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरावलोकनका मुद्दा

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक भारत नै हो । नेपालले सबैभन्दा बढी भारतबाटै आयात गर्छ भने सबैभन्दा धेरै निर्यात पनि भारतमै गर्छ । नेपालले गर्ने कुल व्यापारको करिब ६३ प्रतिशत हिस्सा...

नेपालको वैदेशिक व्यापारको स्थिति

नेपाल–भारत व्यापार सन्धिअनुसार नेपालमा उत्पादन भएका सबैजसो वस्तुमा भारतीय बजारमा भन्सारमुक्त प्रवेश सुविधा प्राप्त छ, तर व्यावहारिक कठिनाइ विद्यमान देखिन्छ । नेपालको वैदेशिक व्यापारमा साढे चार दशकभन्दा अघिदेखि निर्यातको तुलनामा आयातको मात्रा बढी भई व्यापारघाटाको मात्रा बढ्दै आएको छ । आव सन् १९७५-७६ मा करिब १ अर्ब १९ करोड रुपैैयाँ निर्यात र करिब १ अर्ब […]

नेपाल-भारत व्यापार: सहज आयात कष्‍टकर निर्यात

काठमाडौं : नेपाल भारतको व्यापार प्रत्येक वर्ष बढ्दै गएको छ। गत वर्षकौ नौ महिनामाको तुलनामा यस वर्षको नौ महिनामा एक खर्ब सात अर्ब ५२ करोडको व्यापार वृद्धि भएको छ। नेपाल भारतका उच्च अधिकारीहरूको दुई देशमा हुने हरेक बैठकमा तथा छलफलमा दुई देशको व्यापारिक समझदारी बढाउने र थप गाढा बनाउने विषयमा बहस गर्ने तथा पहलकदमी चा...

नेपाल–भारत व्यापार सम्झौताको नवीकरण

नेपालको प्रमुख व्यापारिक साझेदार भारतसँग देशले दशकौंदेखि ठूलो व्यापारघाटा बेहोर्दै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७३/७४ मा भारतबाट ६ खर्ब ४१ अर्ब ४२ करोड रुपैयाँको आयात भएकोमा यहाँबाट केवल ४१ अर्ब ६४ करोड रुपैयाँको मात्र निर्यात भई कुल व्यापारघाटा ५ खर्ब ९९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन आर्थिक वर्ष ०६३/६४ मा आयाततर्फ १ खर्ब २९ अर्ब ३९ करोड रुपैयाँ र निर्याततर्फ ४० अर्ब ९७ करोड रुपैयाँ थियो ।