डडेल्धुरा। राजु दुबे कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्छन् । डडेल्धुरामा तेह्र वर्ष मजदूरी गरेर परिवारसहित तराई बसाइँ सर्दै महेन्द्रनगर आइपुगेका सामान्य परिवारको दुबेको सपना भने ठूलो छ । राजु दुबेको परिचय एउटा मजदूर र सामान्य व्यक्तिको रुपमा मात्रै होइन, उनी कुस्तीका राष्ट्रिय खेलाडी र कुस्तीमा मुलुकमै प्रतिभावान खेलाडीका रुपमा उदाएकी महिला खेलाडी शिवानी दुबेका बुबा हुन् ।