बझाङ – खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका शेरबहादुर कार्कीले प्याज खेती गर्न थालेको डेढ दशक भइसक्यो। प्याजखेतीमा अब्बल कृषकको पहिचान बनाउनुभएका कार्कीलाई गत वर्षयता भने पछुतो लाग्न थालेको छ। मेहनतको फल (प्याज)ले भान्छा नपाएपछि शेरबहादुरको घरमा निराशा छाएको छ। घरको भान्छा हुँदै पालिकाबासीलाई समेत तरकारी खुवाउने सपना देख्नुभएका शेरबहादुरले छिमेकीको अधियाँ जमिन थपेर पनि उत्पादन बढाएका थिए। […]