नेपाली साङ्गीतिक क्षेत्रमा चम्किरहेको एउटा नाम हो, अर्जुन पोखरेल । सङ्गीत सिर्जना, गायन अनि लेखन तीनै विधामा अब्बल छन् पोखरेल । चितवनबाट एसएलसी सकेर २०५६ सालमा काठमाडौँ आएका पोखरेल साङ्गीतिक क्षेत्रमा जति चर्चामा छन्, उनको संघर्ष पनि उस्तै स्मरणीय छ छ । बाल्यकालबाट संगीतसँग जोडिएका अनेकन किस्सा उनको मानसपटलमा ताजै छन् । उनी सङ्गीत पढ्न भनेरै काठमाडौँ आएका थिए तर, ‘ब्या नेक पेन’ गर्धनको दुखाइले तत्काल घर फर्किए । सपना देखेर काठमाडौँ हानिएको पोखरेल एकाएक चितवन फर्किने ब