जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि विशालपुरवासी पानी पुनर्भरण पोखरी निर्माणमा जुटेका छन् । स्थानीयवासीले दुई वटा सामुदायिक वनमा १५ वटा रिचार्ज पोखरी निर्माण गरेका छन् । जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि मेलौली नगरपालिका–९, विशालपुरले पर्यावरणीय सन्तुलन कायम गर्न सामुदायिक नीति, २०८१ जारी गरेर पोखरी निर्माण सुरु गरेको हो ।
कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भूमिगत पानीको स्रोत सुक्न थालेपछि उत्तरी जलाधार क्षेत्रतर्फ पानी पोखरी बनाउन थालिएको छ । पानी जम्मा पारी पानीको स्रोत बढाई तल्लो जलाधार
खानेपानीका मुहान सुक्न नदिन काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा पुनर्भरण (रिचार्ज) पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले विगत केही वर्षदेखि सामुदायिक वनभित्र रिचार्ज पोखरी, मुहान संरक्षण र सिमसार संरक्षणको काम गर्दै आएको छ भने केही स्थानीय तहले समेत रिचार्ज पोखरी र मुहान संरक्षणको काम गर्दै आएका छन् ।
काठमाडौं, फागुन ५ । उपत्यकाका अधिकांश ठाउँमा २० वर्ष पहिला कुलो, कुवा र पोखरीमा पानी भरिएको देख्न सकिन्थ्यो । भूमिगत पानीको अत्याधिक दोहनका कारण पानीको स्रोत सुकेका छन् भने पोखरी हिटी सुख्खा देखिन थालेको छ । यो समस्या अब आउने दिनमा अझै विकराल बन्ने विज्ञले बताएका छन् । पानी व्यापारका नाममा उद्योगले भूमिगत पानीको अत्यधिक […]
३० असोज, जुम्ला । हिमाली जिल्ला जुम्लामा जलवायु परिवर्तनको असरसँगै भएका पानीका मुहान सुक्न थालेपछि हिउँदमा हिउँ र वर्षेयाममा वर्षाको पानी संकलन गर्न थालिएको छ । यसले कार्यबोझ त घटाएको छ नै कृषि उत्पादनबाट पनि फाइदा पुगेपछि स्थानीय दंग छन् ।
सल्यान : पानीको मुहान सुक्न थालेपछि जिल्लामा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गर्न थालिएको छ। पर्यावरण तथा पोखरीको स्रोत संरक्षणका लागि रिचार्ज पोखरी निर्माण कार्य सुरु भएको हो। पानीका मुहना संरक्षण र वन्यजन्तुलाई पानीको आपूर्ति गर्ने उद्देश्यले वनभित्र विभिन्न स्थानमा रिचार्ज पोखरी निर्माण भइरहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरीले जानकारी दिए।डढेलोको उच्च जोखिममा रहेको यस जिल्लामा रिचार्ज पोखरीको अत्यन्तै महत्व रहेको उनले बताए । उनले भने, ‘ठाउँ–ठा
खानेपानीका मुहान सुक्न थालेपछि बाग्चौर नगरपालिका–३ का विभिन्न ठाउँमा 'रिचार्ज पोखरी' निर्माण गरिएको छ । वडा कार्यालय र उपभोक्ताको सक्रियतामा विभिन्न २० वटा मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरिएको हो ।
इनरुवा । सुनसरी वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् ।
माछा पोखरी सुक्न थालेपछि ...
प्राकृतिक एवं जैविक विविधताले भरिपूर्ण तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रका प्राकृतिक पोखरी संरक्षण अभावमा सुक्न थालेका छन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र गुराँसको राजधानी भनेर चिनिन्छ । यस क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छन् ।